काठमाडौं, असार ९ । जातीय विभेदको आरोपमा पक्राउ परेकी ५८ वर्षीया सरस्वती प्रधान रिहा भएकी छिन् ।
उनी टेलिभिजन कार्यक्रम प्रस्तोता रूपा सुनारलाई जातका कारण आफ्नो घरको कोठा भाडामा दिन नमानेको आरोपमा पक्राउ परेकी थिइन ।
प्रधानकाे रिहाइमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठकाे विषेश भूमिका रहेकाे नेवाः अभियन्ता सैलेश शाक्यले बताए ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जिल्ला सरकारी वकिलको कार्यालयले उनको मुद्दा अदालतमा नलिई रिहा गरिदिएको जानकारी दिए।
अनुसन्धान फाइल जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाइएको थियो। सरकारी वकिलको कार्यालयले घरबेटीविरूद्ध प्रमाण नपुगेको भन्दै मुद्दा फिर्ता गरेको हो। यसअघि प्रहरीले उनीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो।