कपाल झर्न रोक्ने सजिलो घरेलु उपाय

एजेन्सी । कपाल झर्ने समस्याबाट धेरै मानिसहरु चिन्तित हुन्छन् । युवामा अहिलेको प्रमुख स्वास्थ्य समस्या हो कपाल झर्नु । यसरी जवानी मै कपाल झरेपछि पुरुषकालागि यो ठूलो चिन्ताको विषय बनेको छ ।

विभिन्न कारणले कपाल झर्ने समस्या पैदा हुन्छ । तर, गम्भीर रोगका कारण कपाल झर्ने समस्यामा बाहेक घरेलु विधि अपनाएर यसको समाधान गर्न सकिन्छ । 

युवावस्थामै तालु नदेखियोस् भन्न पुरुषहरुले केहि घरेलु उपाय अपनाए कपाल झर्ने समस्या समाधान हुन्छ ।

  • अण्डामा प्रशस्त मात्रामा पाइने प्रोटिनले कपाललाई बाक्लो र बलियो बनाउँछ । यसका लागि एउटा अण्डालाई मज्जाले फिटेर पेस्ट बनाई नियमित रुपमा कपाल र तालुमा लगाएर केही मिनेटसम्म त्यत्तिकै राख्ने र पछि पखालेमा कपाल बाक्लो र चम्किलो हुन्छ ।
  • एक गिलास पानीमा दुई चम्चा चिया हालेर उमालेर चिसो भइसकेपछि यसमा कागती निचोर्नुहोस्। कपाललाई राम्ररी धोएर अन्त्यमा यो पानीले धुनुहोस्, त्यसपछि सफा पानीले कपाल पखाल्नुहोस्। यसबाट कपाल स्वस्थ, चम्किलो र बलियो बन्नेछ। कपाल झर्न रोकिनेछ। 
  • भाङका पातको रसले टाउको मालिस गर्नाले कपाल झर्न बन्द हुन्छ भने काँक्राको रस खुइलिएको भागमा लगाउनाले नयाँ कपाल उम्रिन थाल्नेछ।
  • पुरुषको कपाल झर्नबाट रोक्न तालुको भागलाई मसाज गर्दा राम्रोसँग रक्तसञ्चार हुन्छ । रगतले कपालका जरालाई चाहिने अक्सिजन बोकेको हुन्छ । यसले कपाललाई उमार्न र हुर्काउन मद्दत गर्छ । तसर्थ, नियमित तालुको मसाज गर्दा लाभ मिल्दछ ।
  • एक सय ग्राम नीमको पातलाई एक लिटर पानीमा उमाल्नुहोस्। त्यस पानीले टाउको धुनुहोस्। टाउकोमा आएका फोका हट्नेछन् साथै खुइलिएको भागमा कपाल उम्रिन थाल्नेछ। टाउको धोइसकेपछि नीमको तेल लगाउनुहोस्। 
  • भिटामिन र पौष्टिक तत्व पाइने नरिवलको पानीले कपाल पलाउन सहयोग गर्दछ । यसले कपालको जरालाई स्वस्थ र मजबुत पनि बनाउँछ । नरिवलको तेल वा नरिवल पानी दुवैलाई तालुमा लगाए वा नरिवलको पानी दिनहुँ पिएमा कपाल र शरीर दुवै स्वस्थ हुन्छ ।
  • एक गिलास दहीमा दुई र तीन चम्चा कालो मरिचको धूलो राखी पेस्ट बनाएर कपालमा लगाउँदा कपालको झर्ने दर कम हुन जान्छ । यो पेष्ट लगाएको केही मिनेटपछि स्याम्पू लगाई नरम तरिकाले पखाल्नु पर्छ ।
  • पुरुषको कपाल झर्न रोक्न नरिवलको तेल, अण्डा, एभोकाडो, सुन्तलाको जुस, घ्यू कुमारी, निम, हेन्ना, मह, मरिच, भिनेगर र कागतीको जुसको प्रयोग गर्ने सकिन्छ । साथै नियमित तेलले मालिस गर्दा पनि कपाल पलाउन लाभ पुग्दछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *