ललितपुर महानगरपालिकाको नगरसभा बहुमत सदस्यहरुद्धारा बहिष्कार

काठमाडौं, असार १० । ललितपुर महानगरपालिकाको नगरसभा प्रक्रिया नपुगेको भन्दै बहुमत सदस्यहरुले बहिष्कार गरेका छन् ।

निती तथा कार्यक्रम पास नभई नगरसभामा लगेको भन्दै बहुमत सदस्यहरुले बुधबारकाे बैठक बहिष्कार  गरेका हुन् ।  नगरसभामा रहेका ९२ सदस्यहरुमध्ये ६६ जनाले बहिकार गर्ने निर्णय गरेको वडा नम्बर ३ का वडाध्यक्ष श्रीगोपाल महर्जनले जानकारी दिएका छन् ।

नेकपा एमाले र माओवादी केन्द्रबाट निर्वाचित नगरसभा सदस्यहरुले नगर सभा बहिस्कार गरेको वडा नम्बर २१ का वडाध्यक्ष रबिन्द्र मर्हजनले बताएका छन् ।

बिहीबार देशभरका स्थानीय तहहरुले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्नेछ । बजेट सार्वजनिक गर्न ललितपुर महानगरले पनि बिहीबार दिउँसो १ बजेका लागि नगरसभा बैठक बोलाउने निर्णय गरेको थियो । तर, नीति तथा कार्यक्रम पारित हुनुअघि कुनै छलफल नगरिएको भन्दै बहुमत कार्यपालिका सदस्यहरुले असन्तुष्टि जनाएका छन् ।

मेयर चिरीबाबु महर्जन र उपमेयर गिता सत्याल एकल हिड्न खोजेपछि नगरसभा बहिष्कार गर्नु परेको बताईएको छ । नगरसभामा  ९२  जना नगरसभा सदस्य र ३९ जना कार्यपालिका सदस्यहरु छन । जसमा २६ कार्यपालिका सदस्य र ६६ जना नगरसभा सदस्यले नगरसभा बहिष्कार गरेका हुन । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *