पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौं, असार १० । नेपाल आयल निगमले गए राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको छ।

गत जेठमा मात्रै मूल्यवृद्धि गरेको सरकारले बढेको मूल्यमा कारोबार हुन थालेको एक महिना नपुग्दै फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो।

बढेको मूल्यअनुसार अब पेट्रोल १२७, डिजल ११० र मट्टितेलको मूल्य ११० रूपैयाँ कायम भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *