मेलम्ची खानेपानी आयोजनामा एक अर्बको क्षति

काठमाडौं, असार १०। मेलम्ची खानेपानी आयोजनामा रु एक अर्बभन्दा बढीको क्षति भएको छ । गत साताको निरन्तर वर्षापछि गएको पहिराेलेआयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’ बाहेक अरू संरचनामा क्षति पुगेको र निर्माण सामग्री र कर्मचारी बस्न बनाइएका संरचना बगाएको छ ।

निर्माण स्थलमा रहेका बालुवा, गिट्टीलगायत क्याम्प त्यहाँ रहेका खानेपानी, शौचालयलगायत सबै संरचना, सबै निर्माण सामग्री र भण्डारण गर्ने ठाउँ नै बगाएको आयोजनाले जनाएको छ ।

मुख्य संरचनामा क्षति नपुगे पनि अम्बाथान अडिट सुरुङमा गिट्टी बालुवा पसेकाले तत्काल त्यो सफा गर्नुपर्ने देखिएको आयोजनाले जनाएको छ । सुरुङको परीक्षण सम्पन्न गरेर पहिले जसरी नै वैकल्पिक माध्यमबाट पानी ल्याउन सकिने सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए ।

अहिले विपद्का कारण तोकिएको अवधिमा काम नसकिने देखिएकाले निर्माण कम्पनीको अवधि थप गर्नुपर्ने सूचना अधिकारी पन्तले बताए । अवधि थपका विषयमा अहिले नै निर्णय भने भइसकेको छैन । निर्माणस्थलभन्दा माथिबाट आएको पहिराका कारण आठजना बेपत्ता भएका थिए । तीमध्ये तीन वटा शव भेटिएको छ । पाँच जनाको जानकारी आएको छैन ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *