नेपाल रेडक्रसलाई एक सय थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

काठमाडौं, असार १० । नेपाल रेडक्रस सोसाइटीलाई एक सय थान अक्सिजन कन्सन्ट्रेटर सहयोग प्राप्त भएकाे छ ।

नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी) का नेपाल प्रमुख अजमत उल्लाले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डाक्टर नेत्र तिम्सिनालाई बुधबार कन्सन्ट्रेटर हस्तान्तरण गर्नुभएको थियो ।

नेपालस्थित रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी) को एसिया प्यासेफिक कार्यालय क्वालालाम्पुरको पहलमा अक्सिजन कन्सन्ट्रेटर सहयोग स्वरुप प्राप्त भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *