टोखा नगरपालिकाको बजेट १ अर्ब ८९ करोड ९४ लाख

काठमाडाैं, असार १० । टोखा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ८९ करोड ९४ लाख ७६ हजार रुपियाँको प्रस्तावित बजेट सार्वजनिक गरेको छ ।

बुधबारबाट शुरु भएको नगरपालिकाको नवौँ नगर सभामा नगर प्रमुख अधिकारीले प्रस्तावित बजेट नगर सभामा पेश गर्नुभएको हो ।

नगरपालिकाले बुधवार नगर सभामा पेस गरेको नीति कार्यक्रम र बजेटमा स्वास्थ, शिक्षा, उद्याेग र पूर्वाधारलाइ प्राथमिकता दिएकाे छ ।

नगरपालिकाले वडागत रू दुइ कराेड ५० लाखकाे बजेट प्रस्तावसँगै निःशुल्कअाैषधी, मेयर स्वास्थ्य तथा उपमेयर स्वास्थय कार्यक्रम अगाडि बढाउने भएकाे छ ।

एक वडा एक याेग ध्यान केन्द्र बनाउने तथा सांस्कृतिक संरक्षित क्षेत्र वडा २ र ३ काे पहिचानलाइ जिवन्त राख्ने देखि नगरपालिको अनुपम प्राकृतिक सौन्दर्य बौडेश्वर झरना , भुतखेल चौर, शिवपुरी राष्ट्रिय निकुञ्जको सिमावर्ती क्षेत्रको निर्माणधिन पद मार्ग निर्माण कार्यलाई निरन्तर्ता दिनेसम्म बजेटमा उल्लेख गरिएकाे छ ।

सबैको लागि गुणस्तरीय शिक्षा भन्ने नाराका साथ एक वडा एक सामुदायिक विद्यालयको स्थापना गर्ने, सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई मेयर दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *