काठमाडौं, असार ११ । इटालीले नेपाललाई कोभिड–१९ को उपचार तथा रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री सहयाेग गरेकाे छ ।
सहयाेग स्वास्थ्य सामग्रीमा २० थान भेन्टिलेटर, छ हजार आइसोलेशन गाउन र १० हजार प्रोटेक्टिभ स्वास्थ्य सामग्री रहेकाे छ ।
इटालीले युरोपियन युनियनको ‘नागरिक सुरक्षा संयन्त्र’मार्फत दिएकाे उक्त सामग्री नेपालस्थित युरोपियन युनियनका राजदूत नोना डेप्रेजले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई हस्तान्तरण गरेका हुन्।

राजदूत डेप्रेजले उक्त सहयोगले कोभिड–१९ को उपचार तथा रोकथाम र नेपालको सार्वजनिक स्वास्थ्य क्षेत्रमा टेवा पुग्ने धारणा व्यक्त गरेका छन् ।
प्रमुख विशेषज्ञ डा पोखरेलले प्राप्त स्वास्थ्य सामग्रीको प्रभावकारी सदुपयोग हुने गरी सबै प्रदेशमा वितरण गरिने जानकारी दिए ।