महाधिवेशनकाे लागि कोइराला, निधि र सिंहका बीच ब्यापक छलफल सुरू

काठमाडौं, असार ११ । महाधिवेशनका लागि नेपाली कांग्रेसका नेताहरुबीच भेटघाट तिब्र भएको छ । आगामी महाधिवेशनमा नेपाली कांग्रेसको सभापतिका दावेदार तीन नेता उपसभापति विमलेन्द्र निधिसँगै पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला छलफलमा जुटेका छन् ।

कोइराला निवासमा उपसपभापति निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंह कांग्रेसको १४ औं महाधिवेशनका बारेमा छलफल गर्नका लागि पुगेका हुन् ।

तीन नेताबीच नेतृत्वका विषयमा भने अहिलेसम्म ठोस सहमति बनिसकेको छैन । यद्यपि छलफललाई निरन्तरता दिँदै त्यसबारे पनि सहमति खोज्ने प्रयास भइरहेको पूर्व महामन्त्री सिंहले बताए ।

साझा धारणा बनाएर अघि बढ्ने समझदारी बनेको तीन नेताको दाबी छ । यी भेटबाट उत्साहित महामन्त्री कोइराला एउटै टिम बन्ने संभावना बढैको बताए ।

यसअघि उपसभापति निधिले कोइराला र नेता सिंहलाई आफ्नै निवासमा बोलाएर आगामी महाधिवेशनमा सहयोग गर्न आग्रह गरेका थिए । त्यसको निरन्तरताअनुसार आज कोइराला निवासमा नेताहरू जम्मा भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *