काठमाडौं, असार १४ । बूढानीलण्ठ नगरपालिका वडा नं १२ का वडाध्यक्ष शम्भु भट्टराई सहित दर्जनौ स्थानीयहरु पक्राउ परेका छन् ।
वर्षौ देखि निर्माण नभएर अलपत्र परेको तेन्जिंग चोक-खरिबोट सडकका बारेमा छलफल गर्न आइतबार सडक विभाग बबर महल पुगेका वडा अध्यक्ष भट्टराई र स्थानीयहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त क्षेत्रको सडक निकै जिर्ण भएको र ठेकेदार पनि सम्पर्कमा नआएको अध्यक्ष भट्टराई बताएका छन् ।
कुनै सुनुवाई र पहल नभएकोले बाध्य भएर तालाबन्दी गर्नु परेको भन्दै अध्यक्ष भट्टराईले विभागका हाकिम र कर्मचारीहरुले पनि वेवास्ता गरेको बताएका छन् ।
तालाबन्दी भएपछी प्रहरीले वडाध्यक्ष भट्टराई सहित दर्जनौ स्थानीयलाई हिरासतमा लिइ तिनकुने प्रहरी कार्यालय लगेको जनाईएको छ ।