काठमाडाैं, १२ असार २०७८ ।
कोभिड १९ को महामारीले प्रभावित अभिभावकहरुको सहजताका लागि आनन्दकुटी विद्यापीठले निःशुल्क पढाउने निर्णय गरेको छ ।
आर्थिक सामाजिक रुपमा चुनौतिपूर्ण रहेको आजको अवस्थामा अभिभावकहरुको सहजतालाई ध्यानमा राखी विद्यार्थीहरु गुणस्तरीय शिक्षाबाट बञ्चित नहोस् भनी यो ब्यवस्था गरेको विद्यापीठले जनाएको छ ।
गुणस्तरीय शिक्षामा प्रतिवद्ध विद्यापीठले कक्षा १ देखि ९ सम्म १२० जना विद्यार्थी भर्ना लिनेछ । यो ब्यवस्थाअनुसार भर्ना शूल्क रु १०० तिर्नुपर्नेछ भने मासिक शुल्क निःशुल्क हुनेछ । विद्यापीठले हाल भने अनलाईन माध्यमबाट अध्यापन गराइरहेको छ ।
पर्याप्त स्थान, खुल्ला मैदान तथा आवश्यक सम्पूर्ण पूर्वाधार रहेको विद्यापीठ हरियो वनले घेरिएको छ । स्वच्छ, सुन्दर र रमणीय वातावरण रहेकोले विद्यार्थीको भौतिक, बौद्धिक र आध्यात्मिक विकासको पहिलो छनौटमा पर्ने विद्यापीठको दावी छ ।
सात दशकदेखि शिक्षाको ज्योति छर्दै आएको विद्यापीठ विश्व सम्पदा पवित्र स्वयम्भू परिसरमा अवस्थित छ ।
अमृतानन्द महास्थवीरले २००८ सालमा बुद्ध शिक्षा दिने उद्देश्यले स्थापना गरेको आनन्दकुटी विद्यापीठमा ५० शैयाको आइशोलेशन समेत सञ्चालन गरिएको थियो ।


