नेपाल र सिएरा लिओनबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडाैं, असार १७, २०७८ ।

नेपाल र पश्चिम अफ्रिकी देश सिएरा लिओनबीच कूटनीतिक सम्बन्ध स्थापना भएकाे छ ।

याे सँगै नेपालको बाह्य कूटनीतिक सम्बन्ध १७१ राष्ट्रमा विस्तार भएको छ। दौंत्य सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त सहमतिपत्रमा बुधबार हस्ताक्षर भएकाे थियाे । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र उक्त विश्व संस्थाका निम्ति सिएरा लिओनका स्थायी प्रतिनिधि अलि काब्बाले न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा हस्ताक्षर गरेका थिए ।

नेपाल र सिएरा लिओनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेशलाई अवगत गराउने संयुक्त जानकारीपत्रमा पनि दुवै देशका राजदूतले हस्ताक्षर गरेको उक्त नियोगले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *