निगमका जहाजले अन्तर्राष्ट्रिय क्षेत्रमा हुलाकका चिठ्ठीपत्र ढुवानी गर्ने

काठमाडाैं, असार १७, २०७८ ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तरराष्ट्रिय क्षेत्रमा सामान तथा चिठ्ठी पत्र ओसार प्रसार गर्ने भएको छ।

नेपाल वायुसेवा निगम र हुलाक सेवा विभाग बीच अन्तर्राष्ट्रिय क्षेत्रमा सामान तथा चिठ्ठीपत्रहरु ओसार प्रसार गर्ने सम्वन्धी सम्झौतामा बुधबार हस्ताक्षर भएको छ । 

सम्झौतामा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल र विभागका तर्फबाट महानिर्देशक आभा श्रेष्ठ कर्णले हस्ताक्षर गरेका थिए ।

नेपाल वायुसेवा निगम र हुलाक सेवा विभागबीच चिठ्ठीपत्र ढुवानी सम्झौता

सन् २०२१ जुलाई १ देखी लागू हुने सो सम्झौता अन्तर्गत विभागले सेवा प्रदान गर्ने र निगमका उडान हुने सम्पूर्ण गन्तव्यमा अब निगम मार्फत मात्र सामान तथा चिठ्ठी पत्र ढुवानी हुनेछन्। यसअघि विभागले विभिन्न विदेशी हवाई कम्पनी मार्फत सो काम गराइरहेको थियो।

यो सेवाबाट विदेशी हवाई सेवा कम्पनीलाई भुक्तानी भइरहेको करोडौं रुपैया देश भित्रै रही विदेशी मुद्रा सञ्चितीमा सहयोग पुग्ने विश्वास लिइएको छ।

निगमले विभिन्न सात देशका नौ गन्तव्यमा अन्तरराष्ट्रिय उडान गर्दै आएको छ। हाल दुई वाइड बडी र दुई न्यारोबडी जहाज मार्फत उडान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *