जसपाका दुवै पक्षलाई निर्वाचन आयोगले छलफलमा बोलायो

काठमाडाैं, १७ असार २०७८ ।
निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का दुवै पक्षलाई छलफलमा बोलाएको छ । राजपाका अध्यक्ष उपेन्द्र यादव पक्षले आधिकारिकता दाबी गरेपछि आयोगले उनीसहित अर्का अध्यक्ष महन्थ ठाकुर पक्षलाई आगामी मंगलबार छलफलमा बोलाएको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपाको आधिकारिकता विषयमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आयोगमा दाबी परेकाले दुवै पक्षलाई असार २२ गते बोलाइएको बताए ।

दुवै पक्षले आ-आफ्नो हिसाबले गतिविधि गरिरहेका छन् भने एकले अर्कालाई कारबाही गरेको विषय निर्वाचन आयोगमा जानकारी गराएका छन्। तर, त्यो विषयमा आयोगले भने दुवैले गरेका निर्णयलाई मान्यता नदिने निर्णय गरेको थियो।

ऐनअनुसार आयोगले दुवै पक्षलाई सम्भव भएसम्म सहमतिबाट विवाद निरूपण गर्नेछ । यदि दुई पक्षबीच सहमति नजुटेमा आयोगले त्यसको कानुनी रूपमा विवाद निरूपणका लागि इजलास गठन गरी सुनुवाइ प्रक्रिया सुरु गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *