साउन २५ गते विधान अधिवेशन लागि एमालेमा जिम्मेवारी बाँडफाँड

काठमाडौं, १९ असार २०७८ ।

नेकपा एमालेले आगामी साउन २५ गते विधान अधिवेशन गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको १३ औ केन्द्रीय कमिटी बैठकले अगामी साउन २५, २६ र २७ गते काठमाडौंमा विधान अधिवेशन गर्ने निर्णय गरेको हो ।

विधान अधिवेशनमा पार्टी अध्यक्षको संयोजकत्वमा राजनीतिक प्रतिवेदन, महासचिवको संयोजकत्वमा संगठनात्मक प्रस्ताव, संगठन विभाग प्रमुखको संयोजकत्वमा विधान संसोधन प्रस्ताव र नेता रामबहादुर थापाको संयोजत्वमा व्यवस्थापन समिति गठन गर्ने निर्णय पनि भएको प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

असार ५ गते भित्र पार्टीको सदस्यता नविकरण गरि साउन ५ गते त्यसको अभिलेख पार्टी केन्द्रीय कार्यालयमा पठाईसक्न पनि बैठकले निर्देशन दिएको छ । त्यसैगरी पार्टीका तल्लो तहका कमिटीहरुको अधिवेशन अन्र्तगत आगामी भदौ ५ गते वडास्तरका र १५ गते पालिकास्तरका अधिवेशनहरु गर्ने निर्णय बैठकले गरेको छ । त्यसैगरी पार्टीका केन्द्रीय तहका ३२ वटा विभागमा रहने सदस्यहरुको प्रस्ताव र सिफारिस अबिलम्ब पठाउन बैठकले निर्देश गरेको प्रचार विभाग उपप्रमुख थापाले बताए ।

बैठकले संगठनको काममा केन्द्रित हुन सबै कार्यकर्तालाई निर्देशन दिएको छ । बैठकमा अध्यक्ष एवंम् प्रधानमन्त्री ओलीले विपक्षी गठबन्धनको भ्रमका बारेमा स्पष्ट पारेका थिए । नेकपा एमाले विरुद्ध मोर्चाबन्दी गरिएको भन्दै उनले पार्टीका नेता कार्यकर्तालाई सच्चिएर फर्किन आव्हान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *