चितवन, २६ असार २०७८ ।
पौडी खेल्ने क्रममा डुबेर चितवनको माडीमा हुम्लाका एक युवकको मृत्यु भएको छ ।
हुम्लाको खार्पुनाथ गाउँपालिका स्थायी घर भई चितवन माडी स्थित दिवाकर प्राविधिक शिक्षालयमा अध्ययनरत २१ वर्षीय हिम्मत शाहीको आज दिउसो करिब १२ः३० बजे रिऊ खोलामा पौडी खेल्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाले जानकारी दिनुभयो ।
शाही सहित ६ जना पौडी खेल्न सो खोलामा गएकोमा अन्य ५ जना साथीहरू भने सकुशल रहेका छन् ।
मृतक हिक्मत शाही खोलाले बगाई डुबी बेपत्ता भएकोमा स्थानीय र प्रहरी सहितको टोलीले खोज तलास गर्दा दिउँसो १ बजे रिउ खोलामा मृत अवस्थामा फेला परेको प्रहरी प्रवक्ता थापाले जानकारी दिनुभयो ।