मेलम्चीको पानी काठमाडाैं उपत्यकामा तत्काल नआउने

काठमाडौ, २५ असार २०७८। 

काठमाडौँ उपत्यकामा पुनः मेलम्चीको पानी तत्कार नआउने देखिएको छ ।

सुरुङको निर्माण सम्पन्न भएर केही महिना पहिलेबाट मात्रै काठमाडौँ उपत्यकामा पानी ल्याउन थालिएको थियो ।

बाढीकाे प्रकाेपले गर्दा सो आयोजनास्थलसम्म पुग्न सडक, पुललगायतका संरचनामा क्षति पुगेको छ भने निर्माण स्थलका कतिपय संरचनामा समेत क्षति पुगेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

मेलम्ची खानेपानी विकास समितिले स्थानीय तह र सङ्घका सम्बन्धित निकायसँगको समन्वयमा असोजको अन्तिमसम्ममा पानी पुनःसुन्दरीजल ल्याउने लक्ष्य लिएर मर्मत अघि बढाइने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *