शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त

काठमाडाैं, २९ असार २०७८ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसका सभापति एवं काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । 

सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्दै राष्ट्रपति कार्यालयलाई परमादेश दिएको थियो। प्रतिनिधिसभा विघटन बदर गर्दै संवैधानिक इजलासले मंगलबार ५ बजेभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो।


सर्वोच्च अदालत, संवैधानिक इजलासको २०७८/०३/२८ गतेको फैसला अनुसार राष्ट्रपति भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा विज्ञप्तिमा जनाइएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *