काठमाडाैं, २९ असार २०७८ ।
इराकको एक कोभिड अस्पतालमा आगलागि हुँदा ४१ जनाको मृत्यु भएको छ ।
ईराकको दक्षिणभागमा रहेको नासिरियास्थित अल हुसेन अस्पतालको आइसोलेसन वार्डमा आगलागि हुँदा दुई जना स्वास्थ्यकर्मीसहति ४१ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।
वार्डमा ६० जना रहेकोमा १६ जनाको सकुसल उद्दार गरिएको छ । स्थानीय स्वास्थ्य प्रवक्ता हैदर अल जमिलले आगलागि नियन्त्रणमा आइसकेको र घाइते भएकाहरुको उपचार भइरहेको बताउनुभयो ।
ईराकमा यो तीन महिनामा यो दोस्रो घटना हो । यसअघि अप्रिलमा ईराकको राजधानी बगदादमा कोरोना अस्पतालमा आगलागि हुँदा ८२ जनाको मृत्यु भएको थियो ।