संस्थागत क्षमता स्व-मूल्याङ्कनमा काठमाडौँ महानगरको ७८ अङ्क

स्थानीय तह संस्थागत क्षमता स्व-मूल्याङ्कन कार्यविधि ०७७ बमोजिमको नतिजा — फोकल पर्सन पोखरेल

काठमाडाैं, ३१ असार २०७८ ।

 संस्थागत क्षमता स्व-मूल्याङ्कनमा काठमाडौँ महानगरपालिकालाई ७८ अङ्क प्राप्त भएको छ । देश संघीय शासन पद्धतिमा गइसकेपछि ०७७ सालमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको ‘स्थानीय तह संस्थागत क्षमता स्व-मूल्याङ्कन कार्यविधि’ का प्राबधानबमोजिम मूल्याङ्कन गरिएको हो । यसका लागि काठमाडौँ महानगरले आन्तरिक लेखा परीक्षण शाखा प्रमुख गोपाल पोखरेललाई फोकल पर्सन तोकेको थियो ।

यस अघिको शासन व्यवस्थामा तत्कालीन नगरपालिका र गाउँ विकास समितिको मूल्याङ्कनका लागि अनुदानमा आधारित ‘स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम’ सञ्चालन थियो ।

महानगरले बागमती प्रदेश सरकारको सुशासन केन्द्रबाट आएका प्रतिनिधिको सहजीकरणमा आ. व. ०७६/०७७ मा सम्पादन गरिएका कामको मुल्याङ्कन गरिएको हो । फोकल पर्सन पोखरेल भन्नुहुन्छ, ‘यो मूल्याङ्कन भनेको मुलत स्थानीय सरकार सञ्चालन ऐन ०७४ का व्यवस्था कार्यान्वयनको अवस्था हो ।’

स्थानीय तहका कार्य प्रक्रिया र उपलब्धीका बारेमा लेखाजोखा गरी सबल र दुर्वल पक्षको पहिचान गर्न, विकास र सुशासनमा रहेका कमीकमजोरीका बारेमा जानकारी लिन, आवधिक समीक्षाका लागि आधार प्राप्त गर्न यस प्रकारको स्व-मूल्याङ्कनको प्रबन्ध गरिएको हो । स्थानीय तहको तुलनायोग्य सूचक तर्जुमा गरेर प्रतिस्पर्धात्मक सुधार हुने यसको अपेक्षा हो ।

स्व-मूल्याङ्कनका लागि १० वटा विषय क्षेत्र राखिएका छन् । यी विषय क्षेत्रभित्रका १०० वटा उपक्षेत्रमा र अवस्था १, २ र ३ गरेर १०० अङ्क भारमा मूल्याङ्कन गरिएको हो । स्व-मूल्याङ्कनका लागि १० वटा विषय क्षेत्र राखिएका छन् । यी विषय क्षेत्रभित्रका १०० वटा उपक्षेत्रमा र अवस्था १, २ र ३ गरेर १०० अङ्क भारमा मूल्याङ्कन गरिएको हो ।

१० वटा विषय क्षेत्रहरु — शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, बार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तिय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन र सहकार्य र समन्वय हुन् ।

सुशासन केन्द्रका बिज्ञ सिपी सिग्देल महानगरको परिणामका बारेमा भन्नुहुन्छ, ‘७८ अङ्क उत्कृष्ट नतिजा हो । तर, सूचकले मागेका कागजपत्र उपलब्ध छन् कि छैनन् एक पटक तथ्य पुनःजाँच गरेपछि प्राप्ताङ्कको विश्लेषण गर्न सकिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *