
काठमाडाैं, १ साउन २०७८ ।
विश्वभर तीन अर्ब ५३ करोड ७२ लाख ५५ हजार ५६४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
चीनमा एक अर्व ४१ करोड ४६ लाख ९ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ३९ करोड ५३ लाख ४३ हजार ७६७ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
अमेरिकामा ३३ करोड ४९ लाख ४० हजार १९२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा ११ करोड ४१ लाख ५७ हजार १२५ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ ।बेलायतमा ८ करोड २१ लाख २७ हजार ३५५ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जर्मनी ८ करोड ४२ लाख ३ हजार ४३३ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
फ्रान्समा ६ करोड २४ लाख ५८ हजार २४१ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली पाँच करोड ९९ लाख ६६ हजार ९०८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । टर्कीमा ६ करोड १२ लाख ८१ हजार ७७३ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जापान ६ करोड ५१ लाख ८० हजार १७८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
नेपालमा ११ लाख ८ हजार ८ सय ६८ जनाले खोपको पूर्ण मात्रा लगाए भने ४ लाख ६० हजार ७ सय ३४ जनाले कोभिसिल्ड र ६ लाख ४८ हजार १ सय ३४ जनाले भेरोसिलको दोस्रो मात्रा (पूर्ण खोप) लगाएका छन्।
यस्तै, २६ लाख २१ हजार ४ सय ७६ जनाले खोपको पहिलो मात्रा लगाएका छन्। १८ लाख २८ हजार ४ सय ८४ जनाले कोभिसिल्ड र ७ लाख ९२ हजार ९ सय ९२ जनाले भेरोसिल खोपको पहिलो मात्रा लगाएका छन्।