प्रधानमन्त्री देउवा र चिनिया राजदुतबीच भेटवार्ता

काठमाडाैं, १ साउन २०७८ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि चिनिया राजदुत हाेउ यान्छी वीच प्रधानमन्त्री निवास वालुवाटारमा आज भेट भएकाे छ ।

तर  यसअघि नेपालका लागि अमेरिकी र भारतीय राजदूतहरुले भने प्रधानमन्त्री देउवाकाे निजी निवास बुढानिलकण्ठमा पुगेर भेट गर्नु भएकाे थियाे ।

आज मात्रै प्रधानमन्त्री देउवा बालुवाटार सर्नु भएको हाे । नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छाड्नुभएको थियो ।

असार २८ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै दुई दिनभित्र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियाे ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले सो फैसला सुनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *