सरकारी कर्मचारीले ६० दिनभित्र अनलाइनबाट सम्पत्ति विवरण पेश गर्नुपर्ने

काठमाडाैं, १ साउन २०७८ ।

सरकारले सार्वजनिक पद धारण गरेका पदाधिकारी र कर्मचारीलाई अनलाइनबाट सम्पत्ति विवरण बुझाउन समयसीमा दिएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रले एक सूचना जारी गर्दै सार्वजनिक पद धारण गरेको मितिले ३० दिनभित्र बुझाउनु पर्नेछ । त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र (भदाै २८ भित्र) आफ्नो वा आफ्नो परिवारको सम्पत्ति विवरण अनलाइनबाट बुझाउन निर्देशन दिएको छ।

टेकपानामाअनलाइनका अनुसार यसका लागि केन्द्रले अघिल्ला आवमा जस्तै चालु आवमा समेत अनलाइन सफ्टवेयर सञ्चालन गरेको छ । केन्द्रको वेबसाइटमा गई सम्पत्ति विवरण अनलाइन दर्तामा क्लिक गर्ने र अघिल्लो आवकै युजर नेम र पासवर्ड प्रयोग गरी सम्पत्ति विवरण प्रविष्टि गर्न सकिने व्यवस्था ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *