प्रमुख शाक्यबाट चःमतिमा परम्परागत शैलीमा निर्माण हुने ध्यान पार्ककाे शिलान्यास

काठमाडाैं, ३ साउन २०७८ ।

काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले शनिवार ध्यान पार्कको शिलान्यास गर्नुभएको छ ।

पार्क ०७८ असार मसान्तभित्र उपभोक्तालाई हस्तान्तरण गर्ने योजना कोविडका कारण आउँदो माघ मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

वडा १५ स्थित चःमती जग्गा विकास आयोजना क्षेत्रको जनमार्ग उपभोक्ता समितिले आयोजना गरेको कार्यक्रममा उहाँले पार्कको शिलान्यास गर्नुभएको हो ।

शिलान्यास कार्यक्रममा प्रमुख शाक्यले उपभोक्ताका जागरुकताले प्राप्त गरेको उपलब्धीलाई उपभोक्ताकै हातमा सुम्पिन हामी अन्तिम तयारी गरिरहेका बताउनुभयाे ।

५५ लाख २२ हजार ४२० रुपैयाँ लागतमा निर्माण हुन लागेकाे पार्क १४ आना जग्गामा निर्माण हुनेछ ।

मौलिक र परम्परागत शैलीमा निर्माण हुने उक्त पार्ककाे कुल खर्चकाे १५ प्रतिशत अर्थात् ८ लाख २८ हजार ३६४ रुपैयाँ उपभोक्ताले व्यहार्ने भएकाे छ ।

टोलमा आध्यात्मिक पार्क निर्माण भए पनि सामाजिक अपराधमा कमी आउने कार्यक्रममा सहभागी महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख मिलन के. सी. को धारणा थियो ।

आयोजनाको पछिल्लो प्रगतिबाट स्थानीय खुशी छन् । कार्यक्रममा जनमार्ग टोलसुधार समितिका अध्यक्ष जगदीश्वरलाल श्रेष्ठ, चमती ज्ञानमाला भजन खलका उपाध्यक्ष पूर्णकाजी ज्यापूले आयोजनाबाट पछिल्लो समयमा प्राप्त भएको उपलब्धीको प्रशंशा गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *