७ जेष्ठ २०८१, सोमबार | Monday, 20 May, 2024

Author: metro

अग्निपीडितलाई पनि अस्थायी आवासको व्यवस्था गरिँदै

अग्निपीडितलाई पनि अस्थायी आवासको व्यवस्था गरिँदै

समाचार
काठमाडौँ, २२ वैशाख : सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको छ । यसअघि भूकम्प पीडितका लागि अस्थायी आवासको व्यवस्था गरिएको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया शुक्रबारदेखि प्रारम्भ भएको राससलाई बताउनुभयो । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा सोही दिन भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २२औँ बैठकले उक्त प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । बैठकले अग्निपीडितलाई दुई किस्तामा रु ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको जानकारी प्रमुख कार्यकारी अधिकृत पोखरेलले दिनुभयो । ‘विपद् प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८१’ अनुसार उक्त रकम प्रदान गरिनेछ । कार्यविधिअनुसार आगलागी, ड...
Square_Ad-1

Square_Ad-1

Square_Ad-1
Horizontal_Ad-1

Horizontal_Ad-1

Horizontal_Ad-1
नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ

नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ

अपराध, समाचार
बाँकेको नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको रु २६ लाखसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा स्राेत नखुलेकाे रकमसहित पक्राउ परेका हुन् । विमानस्थलमा जाँचका क्रमममा सापकोटाले बोकेको झोलाबाट स्रोत नखुलेको उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए। कर अधिकृत सापकोटाका साथमा रहेका तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमै कार्यरत दिपक पौडेल भने फरार भएको उहाँले बताए । उक्त रकम लिएर सापकोटा श्री एयरलाइन्सको उडानबाट नेपालगन्जदेखि काठमाडौँ जाँदै थिए । सापकोटालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । ...
ठगी गर्ने तीन जना पक्राउ

ठगी गर्ने तीन जना पक्राउ

अपराध, समाचार
काठमाडौँ। वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । धादिङको ज्वालामुखी गाउँपालिका–१ घर भई हाल भक्तपुरको ठिमी नगरपालिका–३ बस्ने ४० वर्षीय राजकुमार लामिछाने, कैलालीको लम्कीचुहा नगरपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–२६ मित्रनगर नयाँ बसपार्क बस्ने २३ वर्षीय चित्रबहादुर मगर तथा स्याङ्जाको वालिङ नगरपालिका–१२ घर भई हाल काठमाडौँ महानगरपालिका–४ सुकेधारा बस्ने ४९ वर्षीय वीरबहादुर गुरुङलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । ठगी गरेको उजुरीका आधारमा तीनै जनालाई पक्राउ गरिएको हो । उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगा...
नेपाली काँग्रेस चितवनको जिल्ला सम्मेलन भोलिदेखि

नेपाली काँग्रेस चितवनको जिल्ला सम्मेलन भोलिदेखि

राजनीति, समाचार
नेपाली काँग्रेसले चितवन जिल्ला सम्मेलन भदौ २३ र २४ मा भरतपुरमा गर्ने योजना बनाएको छ। सम्मेलनमा नेपाली काँग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइराला, काँग्रेस महामन्त्री गगन थापा, विश्व प्रकाश लगायत नेताहरूसँग सम्बोधन गर्ने योजना छ। जिल्ला कार्यसमितिले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा जिल्ला सभापति राजेश्वर खनालले सम्मेलनको तयारी पुरा भएको बताए। सम्मेलनलाई उद्घाटन सत्र र बन्द सत्र गरी दुई चरणमा विभाजन गरिएको छ । प्रतिमा अनावरणका लागि विपी शान्तिनगर वनमा जाने योजना छ। सम्मेलनमा नेपाली काँग्रेसका भावी नीति, कार्यक्रम, सञ्चालन सम्बन्धी प्रतिवेदन, साङ्गठनिक गतिविधि सम्बन्धी प्रतिवेदन, र आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछ। जिल्ला सभापति खनालले पार्टीलाई बदलिँदो परिवेशको चुनौती सामना गर्नका लागि विभिन्न सामाजिक, सांगठनिक, र रचनात्मक कार्यक्रम प्रस्तावित गरेका छन्। साथै, पार...
लाखेनाच संरक्षण गर्न प्रतियोगिता

लाखेनाच संरक्षण गर्न प्रतियोगिता

संस्कृति/सम्पदा
मेट्राेन्युज/भदाै २२ नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा लाखेनाच प्रतियोगिता सम्पन्न भएको छ ।लाखेनाच संरक्षणका लागि खुला लाखेनाच प्रतियोगिता आयोजना गरेर जिल्लाभित्र रहेका गुठीले लाखेनाच प्रदर्शन गरेका हुन् ।कावासोती क्षेत्रमा बसोबास गर्दै आएका नेवार समुदायले संस्कार, संस्कृतिको संरक्षणका लागि जिल्लास्तरीय लाखेनाच सञ्चालन गरेका हुन् ।कावासोती नगरपालिकाभित्रका पाँचवटा गुठीको सहभागीता रहेको सो प्रतियोगितामा श्री गणेश भीमसेन नेवाः गुठी कावासोती–१७ गोछडा प्रथम , भीमसेन कालिका नेवाः गुठी कावासोती–१४ त्रिभुवनटार दोस्रो र शिखा नेवाः गुठी कावासोती–३ तेस्रो भएका थिए ।नवलपुरभरिका नेवाः गुठीबाट प्रतियोगी समावेश गरी लाखेनाच प्रतियोगिता गरिएको भीमसेन कालिका नेवाः गुठीका अध्यक्ष मोहनकुमार श्रेष्ठले बताउनुभयो । नेवारी समुदायभित्र लोप हुँदै गएको मौलिक संस्कृति र परम्परागतरू...
नेपालको हज कमिटीको फितलो ब्यबस्थापनले साउदीमा हाजीहरुको अवस्था बिजोग

नेपालको हज कमिटीको फितलो ब्यबस्थापनले साउदीमा हाजीहरुको अवस्था बिजोग

समाचार
साउदीमा हज जाने नेपाली हाजीहरुको बिजोग अवस्था रहेको छ । मुस्लिम समुदायको ठुलो धार्मिक आस्था बोकेको हज यात्राका लागि साउदी पुगेका एक हाजीले नेपाली हाजीहरुको अवस्था बिजाेग भएकाे जानकारी दिए । नेपालको गृह मन्त्रालयका अनुसार १२ सयजना नेपाली इस्लाम धर्मावलम्बी हजका लागि साउदी अरब पुगेका छन् । हजका लागि अहिलेसम्म विश्वभरबाट १६ लाख ५५ हजार इस्लाम धर्मावलम्बी साउदी अरब पुगेका छन् । कोभिड महामारीपछि पहिलोपटक कुनै प्रतिबन्धविना हज आयोजना गरिएको हो । हज कमिटीले हजिहरुको खाना बस्न ब्यबस्थापनको लागि प्रत्येक हाजी संग ४६५००० रुपैयाँ उठाएको थियो । तर ब्यबस्थापन फितलोको कारण अहिले हाजीहरुको साउदीमा बिजोग भएको अवस्था सामाजिक संजाल मार्फत देख्न सकिन्छ । गृह मन्त्रालय अन्तर्गत रहेको हज कमिटीको लापरबाहीले गर्दा अहिले नेपाल बाट गएका हाजीहरुले सास्ती भोगिरहनु परेको छ । यस समस्य लाई नेपाल स...
नेवाः नामका संस्था दर्ता राेक्का बागमति प्रदेशका सांसद शैलेन्द्र वज्राचार्यकाे पहलमा रद्द

नेवाः नामका संस्था दर्ता राेक्का बागमति प्रदेशका सांसद शैलेन्द्र वज्राचार्यकाे पहलमा रद्द

समाचार, समाज, स्थानीय
नेवाः नाम भएका संस्था दर्ता गर्न काठमाडाैं जिल्लाका सीडीओ कार्यालय समहत भएकाे छ । काठमाडाैं जिल्लाका सीडीओ घनश्याम उपाध्यायले अब उपरान्त नेवाः शब्द भएकाे संस्था पनि दर्ता हुने बताए । बुधबार बागमति प्रदेशका सांसद शैलेन्द्र वज्राचार्यकाे नेतृत्वमा नेपालभाषा टाइम्सका सम्पादक सुरेश किरण र नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडाैं जिल्लाका काेषाध्यक्ष राजेन्द्र मानन्धर सहितकाे टाेलीले सीडीओ उपाध्यायसँग भेटवार्ता गरेका हुन् । भेटवार्ताकाे क्रममा नेपालभाषा टाइम्सका सम्पादक सुरेश किरण, सहायक सीडीओ देवी पाण्डे (खत्री), काठमाडाैं जिल्लाका सीडीओ घनश्याम उपाध्याय, बागमति प्रदेशका सांसद शैलेन्द्र वज्राचार्य, नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडाैं जिल्लाका काेषाध्यक्ष राजेन्द्र मानन्धर र संस्था दर्ता फाँटका अधिकृत खड्ग श्रेष्ठ । भेटवार्ता पछि सीडीओ उपाध्यायले नेवाः लगायत नेपालका कुनैपनि भासामा...
माघ २४ देखि क्यान इन्फोटेक प्रदर्शनी हुने

माघ २४ देखि क्यान इन्फोटेक प्रदर्शनी हुने

आर्थिक, समाचार
सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ प्रविधिको प्रदर्शनीको उद्देश्यसहित २८औँ संस्करणको क्यान इन्फोटेक प्रदर्शनी आयोजना हुने भएको छ ।   काठमाडौंको भृकुटीमण्डपमा माघ २४ देखि २९ सम्म कम्प्युटर एशोसिएसन नेपाल महासङ्घको आयोजनामा प्रदर्शनी हुने भएको हो ।  महासङ्घका महासचिव चिरञ्जीवी अधिकारीले छ दिनसम्म सञ्चालन हुने प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । प्रदर्शनीमा यसपटक नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवर्द्धन गरिने उनले बताए । प्रदर्शनीमा ब्राण्डिङ, प्रडक्ट लञ्चिङसँगै आइटी करिअर काउन्सिलिङका साथै कलेज, स्टार्टअप र सफ्टवेयर पेभिलियन समेत हुनेछ ।  प्रदर्शनीमा क्यानका सदस्य संस्थाका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीको सहभागिता हुनेछ ।  प्रदर्शनीका क्रममा नेपाल पर्यटन बोर्डमा आर्टिफिसियल इनटेलिज...