८ श्रावण २०८१, मंगलवार | Tuesday, 23 July, 2024

समाज

ऐतिहासिक जरुंहिती (जलद्रोणी) पुनर्स्थापना

ऐतिहासिक जरुंहिती (जलद्रोणी) पुनर्स्थापना

समाज, स्थानीय
काठमाडाैं, असार १८ । जावलाखेल स्थित श्री उग्रचण्डी माई मन्दिर नजिक उग्रचण्डी मोसिंख्याःमा लागू गरिएको ऐतिहासिक जलद्रोणीको पुनर्स्थापना सफलतापूर्वक सम्पन्न भएको छ। पहिले बाटोमा हिड्ने बटुवाहरूको लागि पिउने पानीको व्यवस्था गर्न र मन्दिरहरूमा जल उपलब्धि गराउन यस्ता जलद्रोणीहरू विशेष गरी निर्माण गरिएका थिए। लिच्छवी र मल्लकालदेखि बनाइएका यी जलद्रोणीहरू परंपरागत र ऐतिहासिक प्रारम्भिक नयाँ प्रौद्योगिकीले पुन: उपयुक्त बनाइएका थिए । यस विशेष ऐतिहासिक जलद्रोणीमा तीनवटा पाइपलाइनहरू थिए, जसमा अद्वितीय भूमिका थिए । यी पाइपलाइनहरूले ताम्रकार समुदायको सहयोगमा बनाइएको थिए, जसमा ताम्रकार समुदायको धार्मिक केन्द्रमा स्थायी रूपमा पानी उपलब्ध गराउन सकिन्छ भन्ने साधारण विश्वास छ । उक्त ऐतिहासिक जलद्रोणीको पुनर्निर्माणका साथै, ललितपुर महानगरपालिका द्वारा सम्पदा संरक्षणमा विशेष प्राथमिकता दिइएको थियो ...
काठमाडौँको सौन्दर्यीकरण अभियानले कुरूप मोड लियो

काठमाडौँको सौन्दर्यीकरण अभियानले कुरूप मोड लियो

उपत्यका, काठमाडौं संस्कृति, समाचार, समाज, संस्कृति/सम्पदा, स्थानीय
काठमाडौँ महानगरपालिकाले नयाँ सडक क्षेत्रमा सौन्दर्यीकरण अभियान सुरु गरेदेखि नै महानगरपालिका, वडा स्तर र स्थानीयहरू बिच तकरार उत्पन्न भएको छ। वडा अध्यक्षहरू र स्थानीयहरूले महानगरपालिकाले वडाहरूसँग परामर्श नगरी वा सम्भाव्यता अध्ययन नगरी सौन्दर्यीकरण गतिविधिहरू लगाएको दाबी गरेका छन्, जसले जनताको भावना चोट पुर्‍याएको छ। जेठ ३२ गते भएको काठमाडाैँ महानगरपालिकाको नगर परिषद्को बैठकमा महानगरपालिकाले नयाँ सडक क्षेत्रलाई सवारी साधन मुक्त क्षेत्र बनाउने प्रस्ताव राखेको थियो। तर, बुधवार, स्थानीयहरूसँगै वडा अध्यक्ष र सदस्यहरूले मौन विरोध गर्दै मानव शृङ्खला बनाएका थिए र ‘सवारी साधन मुक्त नयाँ सडकको विरोध गरौँ’ र ‘नयाँ सडक बचाऔँ’ जस्ता नाराहरू बोकेका प्लेकार्ड लिएर विरोध गरेका थिए। वडा नं. २२ का वडा अध्यक्ष चिनी काजी महर्जनले भने, “नयाँ सडक एक व्यापारिक केन्द्र हो। यसले धेरै परिवारहरूको आयस्रोतलाई ...
स्वतन्त्र, अग्रिम जानकारीसहितकाे मञ्जुरीबारे जान्नैपर्ने कुराहरू

स्वतन्त्र, अग्रिम जानकारीसहितकाे मञ्जुरीबारे जान्नैपर्ने कुराहरू

उपत्यका, काठमाडौं संस्कृति, राजनीति, विचार, समाचार, समाज, संस्कृति/सम्पदा, स्थानीय
परिचय पछिल्लो समयमा विकासको क्षेत्रमा स्वतन्त्र, अग्रिम जानकारीसहितको मञ्जुरी (Free, Prior Informed Consent) अथवा छोटकरीमा FPIC (एफपिक) को अवधारणाले विश्वव्यापी रूपमा चर्चा र मान्यता पाउँदै आएको छ। नेपालका आदिवासी जनजातिलगायत अन्य सरोकारवालाहरू जस्तै नागरिक समाज संगठन, सरकारी निकाय, निजी क्षेत्र आदिलाई स्वतन्त्र, अग्रिम जानकारीसहितको मजुरी (एफपिक) को अवधारणा तथा कार्यान्वयन गर्ने विधिबारे जानकारी दिने उद्देश्यले नेपाल आदिवासी जनजाति महासंघले यस सामग्री तयार पारेको हो। एफपिक के हो ? कसका लागि हो ? एफपिक भनेको आदिवासी जनजातिले परम्परागत रूपमा भोगचलन र व्यवस्थापन गर्दै आएका जल, जमिन र जंगल जस्ता प्राकृतिक स्रोत साधनहरूमाथिको उनीहरूको अधिकार सुनिश्चित गर्ने मानव अधिकारमा आधारित पद्धति हो। आदिवासी समुदायका सार्वभौमिकता र आत्मनिर्णयको अधिकारसँग एफपिकको नजिकको सम्बन्ध हुन्छ । यस...
नेवाः नामका संस्था दर्ता राेक्का बागमति प्रदेशका सांसद शैलेन्द्र वज्राचार्यकाे पहलमा रद्द

नेवाः नामका संस्था दर्ता राेक्का बागमति प्रदेशका सांसद शैलेन्द्र वज्राचार्यकाे पहलमा रद्द

समाचार, समाज, स्थानीय
नेवाः नाम भएका संस्था दर्ता गर्न काठमाडाैं जिल्लाका सीडीओ कार्यालय समहत भएकाे छ । काठमाडाैं जिल्लाका सीडीओ घनश्याम उपाध्यायले अब उपरान्त नेवाः शब्द भएकाे संस्था पनि दर्ता हुने बताए । बुधबार बागमति प्रदेशका सांसद शैलेन्द्र वज्राचार्यकाे नेतृत्वमा नेपालभाषा टाइम्सका सम्पादक सुरेश किरण र नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडाैं जिल्लाका काेषाध्यक्ष राजेन्द्र मानन्धर सहितकाे टाेलीले सीडीओ उपाध्यायसँग भेटवार्ता गरेका हुन् । भेटवार्ताकाे क्रममा नेपालभाषा टाइम्सका सम्पादक सुरेश किरण, सहायक सीडीओ देवी पाण्डे (खत्री), काठमाडाैं जिल्लाका सीडीओ घनश्याम उपाध्याय, बागमति प्रदेशका सांसद शैलेन्द्र वज्राचार्य, नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडाैं जिल्लाका काेषाध्यक्ष राजेन्द्र मानन्धर र संस्था दर्ता फाँटका अधिकृत खड्ग श्रेष्ठ । भेटवार्ता पछि सीडीओ उपाध्यायले नेवाः लगायत नेपालका कुनैपनि भासामा...

शान्तलाल मुल्मीकाे रिलेन्टलेस जर्नी पुस्तक बिमाेचन

समाचार, समाज
रुद्रलाल समाजेवाबाट मनु मोक्तान पुरस्कृत गैरसरकारी संस्था महासंघका सल्लाहकार एवम् प्रतिष्ठानका अध्यक्ष शान्तलाल मुल्मीद्वारा लिखित अंग्रेजी पुस्तक ‘रिलेन्टलेस जर्नी’को लोकार्पण भएकाे छ । गैरसरकारी संस्था महासंघ र छत्रलक्ष्मी–रुद्रलाल स्मृति प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उक्त पुस्तक विमाेचन गरिएकाे हाे । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधिश तथा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व अध्यक्ष अनुपराज शर्माले पुस्तक विमाेचनपश्चात मुल्मीका विगतका समाजसेवा र उनका छोरा शान्तलाल मुल्मीका समाजसेवाको अनुकरण गर्नुपर्ने बताउँदै समाजसेवाको सिद्धान्त र क्रियाकलाप बुझ्न लोकार्पण गरिएको पुस्तक अध्ययन गर्नुपर्ने बताए । वरिष्ठ मानवअधिकारकर्मी प्रा.कपिल श्रेष्ठले राणाकाल, पञ्चालतकाल र प्रजातान्त्रिक कालमा मुल्मी परिवारले सामाजिक कार्य गरेको चर्चा गरे । राष्ट्रिय योजना आय...
श्रीस्वस्थानी व्रतकथा तथा १ महिने शालीनदी मेलाको सम्पूर्ण तयारी पूरा

श्रीस्वस्थानी व्रतकथा तथा १ महिने शालीनदी मेलाको सम्पूर्ण तयारी पूरा

समाचार, समाज, संस्कृति/सम्पदा
श्रीमाधव नारायण-श्रीस्वस्थानी व्रत कथा तथा १ महिने शालीनदी मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। काठमाडौंको शंखरापुर नगरपालिकामा रहेको साँखुमा हरेक वर्ष जस्तै याे वर्ष पनि पुस २२ गतेदेखि माघ २२ गतेसम्म सञ्चालन हुने भएकाे छ । श्रीमाधवनारायण श्रीस्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले व्रत तथा मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी पत्रकार सम्मेलनमार्फत दिएका छन्। शुक्रबार साँखुकाे सक्वः रिसाेर्टमा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले शुक्रबार भएकाे पत्रकार सम्मेलनमा मेलाको तयारी पूरा भएको जानकारी गराए। श्रेष्ठले शालीनदीमा एक महिने व्रत वस्न चाहने व्रतालुहरुको अधिक सेवा र सुविधाको लागि पहिले नै लगत संकलनको लागि नाम दर्ताको व्यवस्था गरिएको जानकारी दिएका छन्। यस्तै भक्तजनहरुका लागि स्वास्थ्यकर्मीहरू सहितको प्राथमिक उपचार कक्ष राखि निःशुल्क ...
डोल्पामा जेठ ११ गतेदेखि यार्सा सङ्कलन खुला गरिने

डोल्पामा जेठ ११ गतेदेखि यार्सा सङ्कलन खुला गरिने

आर्थिक, समाचार, समाज
डोल्पा जिल्लामा यार्सागुम्बा सङ्कलनका लागि यही जेठ ११ गतेदेखि खुला गरिने भएको छ । शनिबार सदरमुकाम दुनैमा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाको अध्यक्षतामा जिल्लाका विभिन्न निकायका प्रमुख प्रतिनिधिको सहभागितामा बसेको बैठकले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र र विभिन्न सामुदायिक वनमा रहेका यार्सा पाटन आगामी असार १० गतेसम्म सङ्कलन गर्न पाउने निर्णय गरेको हो । स्थानीयवासी यार्सागुम्बा सङ्कलनबाट आम्दानीले लिन गर्दछन् । कोभिड–१९ सङ्क्रमणका कारण लामो समयसम्म सर्वसाधारणले यार्सागुम्बा सङ्कलन गर्न नपाएको जनाउँदै यसपटक विभिन्न तयारीका साथ करिब एक महिनाका लागि यार्सा पाटन खुला गरिने भएको हो । यार्सा सङ्कलनका लागि मध्यवर्ती क्षेत्रका बासिन्दा, जिल्लाभित्रका बासिन्दा र जिल्ला बाहिरका बासिन्दालाई राष्ट्यि निकुञ्ज ऐन र नियामावलीअनुसार फरक–फरक प्रवेश शुल्क लाग्ने छ । यार्सागुम्...
बलात्कारसम्बन्धी कानुनमा जतिसक्दो चाँडै संशोधन गर्न डा. देउवाको अनुरोध

बलात्कारसम्बन्धी कानुनमा जतिसक्दो चाँडै संशोधन गर्न डा. देउवाको अनुरोध

समाचार, समाज
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले नेपालमा बलात्कारसम्बन्धी विद्यमान कानुनमा संशोधन गर्न संसद्समक्ष अनुरोध गर्नुभएको छ । बलात्कार सहेर बाँचेकाहरूलाई आफ्नो पीडाबारे सार्वजनिक रूपमा बोल्न समय लाग्छ र न्यायको लडाइँ सुरु गर्ने साहस जुटाउन पनि उनीहरूलाई धेरै वर्ष लाग्न पनि सक्छ भन्दै उहाँले हाल विद्यमान रहेको वर्षदिनभित्र उजुरी गरिसक्नुपर्ने लगायतका कानुनी प्रावधानहरूमा संशोधन गर्न आवश्यक रहेको उहाँको भनाइ छ । महिला स्वास्थ्य तथा महिला अधिकारका क्षेत्रमा अभियान सञ्चालन गर्दै आउनुभएकी कांग्रेस नेत्री डा देउवाले विश्वका राष्ट्रहरूले पनि दशकौँपछि पनि बाल यौन दुराचारी र बलात्कारीहरूमाथि अभियोग लगाउन र कानुनी कठघरामा ल्याउन अनुमति दिने समय सीमा रहेका कानुनहरू परिवर्तन गरेका दृष्टान्त पेस गर्दै नेपालको सो कानुनमा संशोधन गर्न माग गर्नुभएको हो । कांग्रेस नेत्री डा ...
अमेरिकी डलर र कौडासहित छ जुवाडे पक्राउ

अमेरिकी डलर र कौडासहित छ जुवाडे पक्राउ

समाचार, समाज
नेपाल प्रहरीले कौडा खेलिरहेको अवस्थामा छ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–१३ स्थित जंजीर केसीको कटेजमा कौडा खेलिरहेको अवस्थामा काठमाडौँ महानगरपालिका–६ रामहिटी बस्ने तिब्बत घर भएका २७ वर्षीय छेवाङ नोर्वुलगायत छ जनालाई बिहीबार राति पक्राउ गरेको हो । पक्राउ परेकासँग प्रहरीले नेपाली रु ७६ हजार नगद, एक हजार अमेरिकी डलर र ६९ थान कौडा बरामद गरेको छ । यस्तै तारकेश्वर नगरपालिका–५ लोलाङ धितालथोकमा जुवातास खेल्ने छ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले धितालथोककी २५ वर्षीया गीता दाहालको घरमा जुवातास खेलिरहेको अवस्थामा दाहालसहित छ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकासँग प्रहरीले रु २३ हजार ३६० नगद र तीन बुक तास बरामद गरेको छ । पक्राउ परेकासँग थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ...
महालक्ष्मी बैंक कालिमाटी शाखाद्वारा रक्तदान कार्यक्रम

महालक्ष्मी बैंक कालिमाटी शाखाद्वारा रक्तदान कार्यक्रम

समाचार, समाज
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लिमिटेडको कालिमाटी शाखाले शुक्रबारकाे दिन रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ । बैंकको २८ औं वार्षिक उत्सवको उपलक्ष्यमा कामपा १३ वडास्थित कालिमाटी शाखाको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएकाे हाे । शाखाको कार्यालय रहेकै चण्डी कम्प्लेक्समा उक्त रक्तदान गरिएको थियो । कार्यक्रमा २६ जनाले रक्तदान गर्नुभएको बैंकका शाखा प्रमुख उत्सव माकजुले बताउनुभयो । यस्ता सामाजिक कार्यहरूबाट बैंकका ग्राहकवर्ग लाभान्वित हुने र बैंकबाट प्रवाह भइरहेको डिजिटल पेयमेन्ट सिस्टम लगायतका विभिन्न सेवाबाट आफ्नो व्यवसाय बढाउन सकिने पनि शाखा प्रमुख माकजुले बताउनुभयो । महालक्ष्मी विकास बैंकले हाल देशभरि १०३ वटा शाखाबाट करिब ६ लाख ग्राहकलाई सेवा दिइरहेको छ । रक्तदान कार्यक्रममा न...