७ जेष्ठ २०८१, सोमबार | Monday, 20 May, 2024

स्थानीय

नेवाः नामका संस्था दर्ता राेक्का बागमति प्रदेशका सांसद शैलेन्द्र वज्राचार्यकाे पहलमा रद्द

नेवाः नामका संस्था दर्ता राेक्का बागमति प्रदेशका सांसद शैलेन्द्र वज्राचार्यकाे पहलमा रद्द

समाचार, समाज, स्थानीय
नेवाः नाम भएका संस्था दर्ता गर्न काठमाडाैं जिल्लाका सीडीओ कार्यालय समहत भएकाे छ । काठमाडाैं जिल्लाका सीडीओ घनश्याम उपाध्यायले अब उपरान्त नेवाः शब्द भएकाे संस्था पनि दर्ता हुने बताए । बुधबार बागमति प्रदेशका सांसद शैलेन्द्र वज्राचार्यकाे नेतृत्वमा नेपालभाषा टाइम्सका सम्पादक सुरेश किरण र नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडाैं जिल्लाका काेषाध्यक्ष राजेन्द्र मानन्धर सहितकाे टाेलीले सीडीओ उपाध्यायसँग भेटवार्ता गरेका हुन् । भेटवार्ताकाे क्रममा नेपालभाषा टाइम्सका सम्पादक सुरेश किरण, सहायक सीडीओ देवी पाण्डे (खत्री), काठमाडाैं जिल्लाका सीडीओ घनश्याम उपाध्याय, बागमति प्रदेशका सांसद शैलेन्द्र वज्राचार्य, नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडाैं जिल्लाका काेषाध्यक्ष राजेन्द्र मानन्धर र संस्था दर्ता फाँटका अधिकृत खड्ग श्रेष्ठ । भेटवार्ता पछि सीडीओ उपाध्यायले नेवाः लगायत नेपालका कुनैपनि भासामा...
देय् दबू २२ वडा सिमितिकाे आयाेजनामा भइरहेकाे वक्तृत्वकला प्रशिक्षण सम्पन्न

देय् दबू २२ वडा सिमितिकाे आयाेजनामा भइरहेकाे वक्तृत्वकला प्रशिक्षण सम्पन्न

समाचार, स्थानीय
आदिवासी जनजाति नेवाःहरूकाे राष्ट्रिय संगठन नेवाः देय् दबू काठमाडाैं महानगर २२ वडा सिमितिकाे आयाेजनामा भइरहेकाे वक्तृत्वकला प्रशिक्षण आज सम्पन्न भएकाे छ । काठमाडाैं महानगर २२ वडा टेबहालकाे संकटा क्लबकाे हलमा एक हप्तासम्म ११ जना प्रशिक्षार्थीलाइ तालिम प्रदान गरिएकाे हाे । समापन कार्यक्रमका प्रमुख अतिथि काठमाडाैं महानगरपालिका २२ वडाका अध्यक्ष चिनिकाजी महर्जनले कार्यक्रमलाइ सम्बाेधन गर्नेक्रममा स्थानीय महिला तथा युवाकाे लागि सीप, क्षमता र दक्षता अभिवृद्धि गराउने यस्ताे कार्यक्रम अत्यन्तै आवश्यक तथा प्रभावकारी रहेकाे बताए । ‘वक्तृत्वकला भनेकाे प्रतिभा हाेइन, याे एउटा कला हाे । तालिम लिएर व्यवहारमा उतार्न सक्याे भने सफल वक्ताकाे रूपमा आफुलाइ परिस्कृत गर्ने सकिन्छ’, वडा अध्यक्ष महर्जनले भने । बाेल्न डराउने पीडितवर्गहरूकाे आवाज भएर सम्बन्धित ठाउँमा न्यायकाे लागि आवाज बुलन्द...
टोखा नगरपालिकाले ५० जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने

टोखा नगरपालिकाले ५० जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने

उपत्यका, समाचार, स्थानीय, स्वास्थ्य/शिक्षा
काठमाडौँको टोखा नगरपालिकाले ५० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ‘टोखा छात्रवृत्ति कोष’बाट छात्रवृत्ति उपलब्ध गराउन लागेको हो । नगरपालिकाका शिक्षा अधिकृत खगेन्द्रसिंह धामीले बालविकास तहदेखि स्नातकोत्तर तहसम्म अध्ययनरत विद्यार्थीलाई टोखा छात्रवृत्ति कोषअन्तर्गत छात्रवृत्ति उपलब्ध गराइने जानकारी दिए। छात्रवृत्ति कोष सञ्चालनका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा रु १५ लाख रकम विनियोजन गरेको छ । नगरपालिकाका अनुसार स्थानीय तहका १० जना, विपन्न परिवारबाट १० जना, बाबु वा आमामध्ये कुनै एक वा दुवै अभिभावक साथमा नभएका १० जना, अपाङ्गता भएका पाँच जना, छात्रा दुई जना, कर्मचारीका सन्तान तीन जनालाई छात्रवृत्ति उपलब्ध गराइनेछ । छात्रवृत्तिका लागि निवेदन, शैक्षिक योग्यताको प्रमाणपत्रको प्...
ताम्सीपाखा सडक महोत्सव तथा भिंतुना सनिल ११४३ भव्य रुपमा सम्पन्न

ताम्सीपाखा सडक महोत्सव तथा भिंतुना सनिल ११४३ भव्य रुपमा सम्पन्न

मनोरन्जन, समाचार, स्थानीय
काठमाडौं महानगरपालिका १८ वडास्थित ताम्सीपाखामा ताम्सीपाखा सडक महोत्सव तथा भिंतुना सनिल ११४३ भव्य रुपमा सम्पन्न भएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर १८ को आयोजना र ताम्सिपाखा युथ क्लवको व्यवस्थापनमा सडक महोत्सव आयोजना गरिएको हो । कार्यक्रम आयोजनाका विषयमा कामपा वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले काठमाडौँका रहनसहन, परम्परागत जीवनशैली, संस्कार, संस्कृति, भेषभुषा र खानपानलाई पुस्तान्तरण गर्नु पर्नेमा विशेष जाेड दिए । स्थानीय संस्कार, संस्कृतिमा बैज्ञानिक पक्ष लुकेकाे हुन्छ त्यसलाइ उजागर गरि सरल तरिकाले सबैलाइ बुझाउनु आवश्यक भएको १८ वडा अध्यक्ष महर्जनले बताए । ‘स्थानीय खानपान तथा भेषभुषा पेशा, समय र स्वास्थ्यसँग सम्बन्धित छ । यो पक्षलाई प्रवर्धन गरेर पर्यटन व्यवस्थापनमा टेवा दिन महोत्सव आयोजना गरिएको हो ।’, अध्यक्ष महर्जनले बताए । सोही महोत्सवमा कामपा १८ वडा कार्...
शैलेन्द्र बज्राचार्य संसदीय दलको नेता चयन

शैलेन्द्र बज्राचार्य संसदीय दलको नेता चयन

राजनीति, समाचार, स्थानीय
हाम्रो नेपाली पार्टीको संसदीय दलको नेतामा शैलेन्द्रमान बज्राचार्य चयन हुनुभएकाे छ । बुधबार बसेको पार्टी वैठकले बज्राचार्यलाई संसदीय दलको नेता चयन गरेको हो । गत मंसीर ४ गते सम्पन्न आम निर्वाचनमा प्रदेश सभा सदस्यतर्फ बज्राचार्य काठमाडौं क्षेत्र नम्बर ८ (क) बाट निर्वाचित भएका थिए । गत आम निर्वाचनमा बज्राचार्य हाम्रो नेपाली पार्टीबाट विजयी एक मात्र उम्मेदवार हुन् । ...
कीर्तिपुर नगरपालिकाद्वारा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

कीर्तिपुर नगरपालिकाद्वारा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

समाचार, समाज, स्थानीय
कीर्तिपुर नगरपालिकाले ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा नगरव्यापि अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता गरेको छ । फागुन २७ गते शुक्रबार अमल्सि स्थित कृष्ण क्याटरिङको हलमा भएको प्रतियोगितामा कीर्तिपुर नगर भित्रका १० वटा विद्यालयबाट कक्षा ९ र १० का १८ जना छात्र छात्राहरू सहभागी भएका थिए । यस प्रतियोगितामा नगरपालिकाले “समृद्ध समाज निर्माणमा नारीको भूमिका” र “दिगो विकासका लागि लैङ्गिक समानता” दुई समसामयिक विषय प्रदान गरी प्रतियोगीले गोलाप्रथामा परेको विषयमा आफ्नो वक्तृत्व कला प्रदर्शन गरेका थिए ।              कीर्तिपुर नगरपालिकाका नगर प्रमुख रमेश महर्जनद्वारा वक्तृत्वकला प्रतियोगिताको शीर्षक वाचन गरी उद्घाटन गर्नु भएको उक्त प्रतियोगितामा शिक्षा शाखा प्रमुख टंकलाल गैरेबाट स्वागत मन्तब्य,...
लुमन्तिद्वारा कीर्तिपुर नगरका विद्यालयहरूलाई कथा सङ्ग्रह वितरण

लुमन्तिद्वारा कीर्तिपुर नगरका विद्यालयहरूलाई कथा सङ्ग्रह वितरण

समाचार, स्थानीय
कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले कीर्तिपुरका विद्यालयहरूलाई सम्पदा सम्बन्धी कथा सङ्ग्रह वितरण गर्नुभएको छ । पर्य–सम्पदा परियोजना अन्तर्गत ग्ल्(ज्ब्द्यक्ष्त्ब्त् र लुमन्ति आवासको लागि सहयोग समूहद्वारा तयार पारिएको सो कथा सङ्ग्रह यही फागुन २५ गते मंगल मा.वि.को हलमा भएको एक कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख महर्जनले वितरण गर्नुभएको हो । कार्यक्रममा वडा नं २ का अध्यक्ष रमेशमान डंगोल, वडा नं.६ का अध्यक्ष न्हुच्छे बहादुर महर्जन र वडा नं १० का अध्यक्ष अमन महर्जनसहित नगरपालिकाका कर्मचारीहरू, विद्यालयहरूका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । ४ वटा नगरपालिका (महालक्ष्मी, गोदावरी, कीर्तिपुर र चन्द्रागिरि) का १० वटा सम्पदा वस्तिहरूको जानकारी दिने गरी चित्र सहितको कथा सङ्ग्रह तयार गरिएको हो । कार्यक्रममा पर्य–सम्पदा परियोजनाद्वारा तयार पारिएका ज्भचष्तबनभ ध्बपिष्लन ःबउक हरू वडा अध्य...
कीर्तिपुर नगरपालिकाले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनायो

कीर्तिपुर नगरपालिकाले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनायो

समाचार, स्थानीय
“सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिश्चितता” भन्ने मूल नाराका साथ यस वर्षको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कीर्तिपुरमा पनि मनाइएको छ । हरेक वर्ष झैं यस वर्ष पनि कीर्तिपुर नगरपालिकाको आयोजनमा ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको हो । सो दिन कीर्तिपुर नगरपालिकाको भवन अगाडि जसिंगाः, बर्खाहितिमा जम्मा भई प्रभातफेरी कार्यक्रम सम्पन्न भएको थियो ।           कीर्तिपुरका स्कुलहरू, विभिन्न संघसंस्थाहरू,  नेपाल प्रहरी तथा सर्वसाधारण  सहभागी भएको उक्त प्रभातफेरीले कीर्तिपुर चक्रपथ परिक्रमा गरेको थियो भने सहभागीहरूले विभिन्न प्लेकार्ड बोकी नारा लगाएका थिए ।                                                कीर्तिपुर नगरपालिकाका उप–प्रमुख सरस्वती खड्काले उपस्थित सम्पूर्णलाई स्वागत गर्नुहुँदै ¥यालीको शुभारम्भ गर्नु भएको थियो । प्रभातफेरी अमल्सि (नयाँबजार), तःगःवपि, ख...
ललितपुरमा उद्यमी महिला मेला हुने

ललितपुरमा उद्यमी महिला मेला हुने

समाचार, समाज, स्थानीय
ललितपुर महानगरपालिका १६ वडाले पाटनकाे नागबहाल, इलाननिमा महिलाद्वारा उत्पादित सामग्रीहरूकाे प्रदर्शनी र बिक्री वितरण ‘उद्यमी महिला मेला २०७८’ आयोजना गर्ने भएको छ । ‘महिला सशक्तिकरणाकाे आधार, उद्यमशीलता र राेजगार’ भन्ने नारासहित फागुन २७ गते शुक्रबारदेखि सुरु हुने मेलामा महिला उद्यमीद्वारा उत्पादित वस्तुको आवश्यक प्रचारप्रसार गर्दै महिला उद्यमशीलता विकासमा टेवा पुर्‍याउने उद्देश्यले मेला आयोजना गर्न लागिएको वडा अध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो । फागुन २९ गते आइतबारसम्म चल्ने मेलामा ललितपुर उद्याेग वाणिज्य संघद्वारा मेड इन ललितपुर अवधारणा अनुरुप विशेषा पेभीलाेन प्रदर्शन हुने अध्यक्ष शाक्यले जानकारी दिनुभयाे । उक्त मेलामा ललितपुरमा उत्पादित सामग्रीकाे प्रदर्शनकाे साथमा साँस्कृतिक प्रस्तुती, फेशन शाे, नेवारी खाजा र परिकारका साथ साथै महिला उद्यमशीलताका विषयमा प्यानल छलफलसमेत ह...
कोरोनाको कहरमा पनि कीर्तिपुर नगरमा न्याय सम्पादन सुचारु

कोरोनाको कहरमा पनि कीर्तिपुर नगरमा न्याय सम्पादन सुचारु

समाचार, समाज, स्थानीय
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को तेश्रो लहर ओमिक्रोनको महामारी चलिरहँदा कतिपय न्याय सम्पादन गर्ने अदालतको काम कारवाही प्रभावित भइ बन्द भैरहेको अवस्थामा पनि कीर्तिपुर नगरपालिकामा भने न्याय सम्पादनका काम सुचारु भैरहेको छ ।नगरबासीको प्रत्यक्ष सरोकार रहने स्थानीय सरकार कीर्तिपुर नगरपालिकामा भएको न्यायिक समितिले आफ्नो नियमित इजलास बसेर आवश्यक निर्णय÷आदेश गर्ने कामहरू गरिरहेका छन् । नेपालको संविधानमा व्यवस्था भए अनुसार स्थानीय तहमा न्यायिक इजलास र मेलमिलाप केन्द्रको यस कीर्तिपुर नगरपालिकामा गत साल माघ २२ गते नै विधिवत रुपमा नगरपालिकाका प्रमुख रमेश महर्जनले उद्घाटन गरी स्थापना गरेको थियो । नगरका कुनै पनि बासिन्दाका कुनै पनि मुद्दा मामिला भए नगरपालिकामा दर्ता भएका उजुरीहरूलाई पहिले मेलमिलाप केन्द्रबाट सुल्झाउने गरिन्छ । मेलमिलाप केन्द्रबाट नमिलेका मुद्दाहरूलाई सक...