उपत्यकामा संक्रमितहरू दिनानु दिन बढ्दै, आज मात्रै ५४ जना थप

२२ असार, काठमाडौं ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५४ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
आज संक्रमण पुष्टि भएका १८० जनामध्ये काठमाडौं उपत्यकाका ५४ जना रहेका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । आइतबार देशभर २९२ जनामा कोरोना संक्रमण देखिएको थियो ।

यो उपत्यकामा एकदिनमै भेटिएको आजसम्मकै बढी संक्रमित संख्या हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा उपत्यकामा ५४ जनामा कोरोना संक्रमण भेटिएको जानकारी दिएको हो।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतम पाटन अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २३ जना, ललितपुरका २०, भक्तपुरका १० जनामा कोरोना संक्रमण भेटिएको छ।

यस्तै त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा काठमाडौंका एक जना गरी पछिल्लो २४ घण्टामा उपत्यकामा ५४ जनामा कोरोना संक्रमण भेटिएको छ। यो सँगै कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ ।

आजकाल उपत्यकामा ११७ जनाभन्दा बढी कोरोना संक्रमितत उपचार गराइरहेका छन् । उपत्यकाका संक्रमितहरु मध्ये १२ जना त कुनै पनि ट्राभल हिस्ट्रि नभएका छन् । ट्राभल हिस्ट्रि नभइकन पनि संक्रमण देखिन थालेपछि विज्ञहरुले उपत्यकामा समुदायस्तरमा कोरोना फैलिएको शंका गर्न थालेका छन् । विज्ञहरुले अब उपत्यकामा परीक्षणको दायरा बढाउनु पर्नेमा जोड दिन थालेका छन् ।

उपत्यकामा समुदायस्तरमा संक्रमण देखिन थाल्यो भने जोखिम अत्यन्तै बढ्ने चेतावनी विज्ञहरुले दिइरहेका छन् । यहिबीच, मन्त्रालयले विभिन्न अस्पतालमा पनि परीक्षणको दायरा बढाउने तयारी गरेको छ । मन्त्रालयले क्यान्सर, सुगरका विरामी, इमर्जेन्सि र आइसियुमा भर्ना भईरहेका विरामीहरुमा पनि परीक्षण गरिने जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइनमा २९ हजार २१५ रहेका छन् भने आइसोलेसनमा ९ हजार ११८ जनाको उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा २५ वटा प्रयोगशालामा ४ हजार ७२१ नमुनाको पीसीआर परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा २६४ थप कोरोना जितेर डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार निको हुनेको संख्या ६ हजार ८११ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *