भोलिदेखि अनलाइन कक्षा बन्द गर्ने निजी विद्यालयको निर्णय, शिक्षक र कर्मचारी बेतलबी विदा

३१ असार, काठमाडौं

निजी विद्यालयहरुले साउन १ गतेबाट अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका छ भने शिक्षकलाई बेतलवी घर बिदा दिने निर्णय गरेको छ ।

प्याब्सन र एन–प्याब्सनले आफूहरुले उठाएको माग सम्बोधन नभएको भन्दै वैकल्पिक शिक्षण सिकाई क्रियाकलाप स्थगन गर्ने घोषणा गरेका हुन् । साथै शिक्षक तथा कर्मचारीलाई बेतलवी घर बिदा दिने निर्णय भएको प्याब्सन र एन–प्याब्सनले जनाएको छ ।

अब भौतिक रुपमा विद्यालय सञ्चालयको अनुमति पश्चातमात्र विद्यालय प्रशासन खुला गर्ने दुबै संगठनले बताएका छन् ।

साथै शिक्षक र कर्मचारीको तलबलगायतका सुविधा विद्यालय सञ्चालन भएर आम्दानी सुनिश्चित भएपछि क्रमशः उपलब्ध गराउने निजी विद्यालयहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *