१८ वडामा माघ महात्म्य समापन

काठमाडौं/ जेष्ठ नागरिक मनोरञ्जन केन्द्र कामपा १८ वडाको आयोजनामा चलिरहेको एक महिने माघ महात्म्य माघ २६ गते आइतबार सम्पन्न भएको छ ।

पं. सुशील राजोपाध्यायले माघ महात्म्यसँग सम्बन्धित कथा भुरुङखेलमा एक महिनासम्म वाचन गरेका थिए।

माघ महिनामा घरघरमा स्वस्थानी वाचन गर्ने नेपाली परम्परा रहेकोमा १८ वडाबाट सञ्चालित केन्द्रबाट पनि स्वस्थानी कथा वाचनका लागि सम्पर्क गरेको बताउँदै पं. राजोपाध्यायले घर र केन्द्रमा एउटै कथा सुन्नु पर्दा स्रोताले ज्ञानका कुरा थाहा नपाउने भएकोले तीर्थातनको महत्व बयान गरिएको माघ महात्म्य वाचन गरिएको बताए ।

कामपा १८ वडाका अध्यक्ष एवम् संस्कृति सम्पदा समितिका संयोजक न्हुछेकाजी महर्जनले वडाबाट जेष्ठ नागरिकको मनोरञ्जनको लागि विविध कृयाकलाप सञ्चालनका क्रममा यो कार्यक्रम सञ्चालन गरिएको बताए ।

यसैबीच एक महिनासम्म भएको कथा वाचनमा सहयोग गर्नुहुने सम्पूर्णलाई महर्जनले धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा वडाध्यक्ष महर्जनले पं. राजोपाध्यायलाई कदरपत्र प्रदान गरिएको थियो भने वडा सदस्य हेराशोभा महर्जनले कदरपत्र पढेर सुनाए। कार्यक्रमलाई सहयोग गर्ने सहयोगीहरुको नाम वडा सदस्य रचना शर्माले वाचन गरेर सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *