८ श्रावण २०८१, मंगलवार | Tuesday, 23 July, 2024

विचार

मेरो प्यारो काठमाडौं

मेरो प्यारो काठमाडौं

Uncategorized, विचार
काठमाण्डौं अति प्राचीन शहर भएतापनि यो शहर बसाउनेहरुले शहर बसाउन चाहिने सबै किसिमका आधुनिक मूल्य र मान्यता अङ्गालेको पाइन्छ । उदाहरण स्वरुप, शहर बसाउन पर्याप्त पानी हुने स्थान अनि जग बलियो हुने चट्टानी भूमि रोजेको पाइन्छ । खेतीका लागि उपयोगी नहुने र खेतीकार्य गर्न संभव नहुने त्यस्तो ठाउँ रोजेरे उनीहरुले बुद्धिमत्तापूर्वक आफ्ना विवेक प्रयोग गरेको पाइन्छ । खेती योग्य हुने मलिलो माटो भएको ठाउँलाई खेतीकार्यका लागि नै छुट्याइएको पाइन्छ । खेतीबाट हुने उत्पादन घट्ने गरी मानिसको बस्ती कहिले पनि बसाइएको थिएन ।यसरी हेर्दा काठमाडौं शहरभित्र भू-उपयोग सिद्धान्तको प्रयोग पूर्णरुपमा भएको पाइन्छ । मानव बस्ती अलि हल्का अग्लो ठाउँमा बनाइएको पाइन्छ जहाँ पानीका लागि ढुंगेधारा र ढल निकासको राम्रो व्यवस्था हुन्थ्यो भने बस्तीलाई वाढी पहिरोबाट जोगाउन र पानीको उचित संग्रह गर्न ठाउँठाउँमा पोखरीहरु बनाइएको पाइन्छ...
नेपालमा भाषिक दमन विरोधका स्वरहरू

नेपालमा भाषिक दमन विरोधका स्वरहरू

विचार
मल्ल के. सुन्दर भाषा सम्मिलीकरण प्रमुख नीति  गोरखा राज्य विस्तारका क्रममा प्राचीन नेपालमण्डलमाथि नियन्त्रण जमाइसकेपछि तत्कालीन शासकहरूले शासनसत्ता टिकाइराख्न मूलतः चारवटा नीति अपनाएका थिए । विद्वान् प्रयागराज शर्माका अनुसार ती थिए : पहिलो, गोरखाका हिन्दू शाह वंशका राजाहरूको निर्विवाद शासनाधिकार, दोस्रो राष्ट्रिय जीवनमा हिन्दू लोकाचार संहिताको सर्वोच्चता, तेस्रो मनुवादी वर्णाश्रममा आधारित सामाजिक प्रणाली र चौथो खस भाषाको माध्यमबाट अन्य भाषाहरूको सम्मिलीकरण ।  गणतन्त्र नेपालको घोषणा नभएसम्म गोरखाका शाह वंशका सन्ततिले शासनसत्ता एकलौटी गरे । उल्लिखित अन्य नीतिहरूले पनि पछिल्लो समयसम्म निरन्तरता पाई नै रहे । खस भाषाको माध्यमबाट नेपालका अन्य रैथाने भाषाहरूको सम्मिलीकरणको अभियान भने पृथ्वीनारायणको अवसानपछि रणबहादुर शाहको कार्यकालमा क्रियाशील भयो । पूर्वको लिम्बुवान क्षेत्र ग...
राज्यको दृष्टिमा मातृभाषा र नेपालमा अन्तर्राष्ट्रिय मातृभाषा दिवसको औचित्य

राज्यको दृष्टिमा मातृभाषा र नेपालमा अन्तर्राष्ट्रिय मातृभाषा दिवसको औचित्य

विचार
राजेन मानन्धर धेरैले बिर्सिसके होला — ६६ वर्ष भयो ढाकामा केही युवाहरुले आफ्नो मातृभाषाको सम्मान बिधान सभाबाट लिन खोजेको । अठार वर्ष भयो हामीले अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सिकेको । मनाइरहेको पनि । यो त्यही दिन थियो जुन दिन आफ्नो मातृभाषालाई राज्यमा स्थापित गराउन बंगलादेशका युवाहरुले ज्यान दिए । यहाँ हामी यही दिनमा सरकारका पाउमा आफ्ना भाषामा कोरिएका एकएक गोटा कविता सुनाएर फर्कदै छौं । नेपालका भाषाहरु हामीलाई नेपाली भएकोमा गर्व छ । यही गर्व देखाउन हामी बेलामौकामा सगरमाथाको वा बुद्ध जन्मेको देश भन्छौं । तर नेपालको जातीय विविधताको कुरा पनि निकाल्नु पर्यो भने हाम्रो निधार खुम्चिन्छ । सबै नेपाली भनेर भन्छौं, तर सबैको नेपाल भन्न हिच्काउँछौं । त्यसमा पनि सबै जातजातिको आफ्नो भाषा धर्म संस्कृति छ भन्नुपर्यो भने एक समुदायलाई आफ्नो पुख्र्यौली वा अपुताली नै हरेर लैजान्छ कि जस्तो त्रास हुन्छ...