देशकै ठूलो मानवनिर्मित तालमा जेटबोट सञ्चालन

सर्लाही, असार ११ । देशकै सबैभन्दा ठूलो मानवनिर्मित तालमा नेपालकै पहिलो जेटबोट सञ्चालनमा आएको छ । बिहीबार एक कार्यक्रम आयोजना गरी वाग्मती नगरपालिकाका प्रमुख भरतकुमार थापाले सो जेटबोट चलाउने पाइलटलाई साँचो हस्तान्तरण गर्नुभएको हो । पूर्वपश्चिम लोकमार्गदेखि करिब तीन किलोमिटर दक्षिणतर्फ वाग्मती–४ मा निर्माण भएको भरत तालमा नेपालकै पहिलो ३५ सिट क्षमता भएको जेटबोट सञ्चालन […]

पुरा पढ्नुहाेस् ...

डहरेलाई दर्शन

डहरे देउराली क्षेत्र भोट र तराई क्षेत्र जोड्ने पुरानो नाका पनि हो । पूर्खाहरू यही बाटो भएर कार्कीनेटा हुँदै भोट प्रस्थान गर्थे व्यापारका लागि । घरायसी बन्दोबस्तीका सामान निर्यातका साथै विशेषतः नुन ओसारपसारका लागि महत्त्वपूर्ण नाका थियो । शब्द/तबिर : आरके अदीप्त गिरी समुद्री सतहबाट २,२०० मिटर उचाइमा बसेको डहरे देउरालीमा चैत–वैशाखतिर पुग्दा लालीगुँरास फुलेर डाँडै रातो हुन्छ । […]

पुरा पढ्नुहाेस् ...

गुर्जा

‘टुप्पीदेखि माथि ठाउँ छैन, गुर्जादेखि माथि गाउँ छैन’ शब्द/तस्बिर : घनश्याम खड्का म्याग्दी नदीका असंख्य खोंच र गल्छीका विकटतासँगै धौलागिरि हिमशृंखलाको दन्तलहरीमा पर्ने चुरेन र गुर्जा हिमालको जरोमा अवस्थित एउटा जीवित मानव संग्रहालय अर्थात गुर्जा गाउँ । ‘टुप्पीदेखि माथि ठाउँ छैन, गुर्जादेखि माथि गाउँ छैन’ भन्ने उखानबाट परिचित गुर्जा छन्त्याल जातिको सबैभन्दा ठूलो बस्ती हो । छिमेकी […]

पुरा पढ्नुहाेस् ...

मुस्ताङ सिम्फोनी

नजिकका हिमालमा हिजोआज हिउँ पर्न छोडेको, वर्षाको कमीले नदीको बहावमा कमी आएको, पानी नपर्नाले उब्जनीमा कमी आएकोे, वर्षाको कमीले पर्याप्त घाँसपात नउम्रेकाले भेंडा, घोडा, खच्चर तथा चौंरीको चरनमा समस्या भएको, बेमौसममा पानी र भलबाढी आउँदा अनेकन समस्या खेप्दै आएको स्थानीयले बताए । शब्द/तस्बिर : आरके अदीप्त गिरी यात्रा गर्दा धेरै कुराको ज्ञान मिल्छ । विभिन्न दृश्यसँग रम्न […]

पुरा पढ्नुहाेस् ...

भेडेटार पूर्वको नगरकोट

उहिले भेडी गोठाला यहाँ आएर दिनभरि जसो भेडा चराउने, खेल्ने, रमाउने र एकैठाउँमा भेडा जम्मा गरी खर्क बनाउने गर्थे अरे । त्यही भएर यस ठाउँको नाम भेडेटार रहन गयो । तर, हाल भने भेडाविहीन छ भेडेटार । पुराना भेडापालक कृषक आजकाल अन्य पेसा व्यवसायमा लागेका छन् । आरके अदीप्त गिरी धरानबाट हिँडेको एक घन्टामा हामी भेेंडेटार पुग्याँै । नागबेली बाटो […]

पुरा पढ्नुहाेस् ...