विदेश

कंगोमा विद्रोहीसँगको भिडन्तमा ३३ सैनिक मारिए

कंगोमा विद्रोहीसँगको भिडन्तमा ३३ सैनिक मारिए

विदेश, समाचार
कंगोमा विद्रोही समूहसँग भएको भिडन्तमा परी कम्तीमा पनि ३३ जना सैनिक मारिएका छन् । यहाँका मार्च २३ नामक एक अभियानका विद्रोही र कंगोको राष्ट्रिय सेनाका बीचमा उत्तरपूर्वी क्षेत्रमा भिडन्त भएको थियो । त्यस भिडन्तमा परेर गएको मंगलबारदेखि बिहीबारसम्म ती सैनिक मारिएका कंगोको सेनाको स्रोतले जानकारी दिएको छ । यहाँका उत्तरपूर्वी किभु प्रान्तको रितसारु क्षेत्रमा यस्तो भिडन्त भएको थियो । सो भिडन्तका क्रममा उक्त विद्रोही समूहकाबीच पनि केही हताहत भएको अनुमान गरिएको छ । यता सेनातर्फ भने एकजना बटालियन कमाण्डर कर्णेलको पनि ज्यान गएको बताइएको छ । त्यसक्रममा यहाँको सेना र केही विद्रोहीहरु घाइते भएका छन् । कंगोली सैनिकले केही दिनयतादेखि यहाँ भिडन्त भएको बताएका छन् । ...
भारतमा थप एक लाख ५१ हजारभन्दा बढी कोरोना सङ्क्रमित

भारतमा थप एक लाख ५१ हजारभन्दा बढी कोरोना सङ्क्रमित

विदेश, समाचार
भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ५१ हजार २०९ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । हाल भारतमा कोरोना पोजेटिभ दर १५.८८ रहेको जनाइएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म चार करोड ६ लाख २२ हजार भन्दा बढी सङ्क्रमित भएका छन् । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या २१ लाख ५ हजार ६११ रहेका छन् । गएको २४ घण्टामा भारतमा तीन लाख ४७ हजार ४४३ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ८० लाख २४ हजार ७७१ जनालाई कोरोना सङ्क्रमण निको  भईसकेको छ ।  गत २४ घण्टामा भारतमा कोरोनाको कारण ६२७ जनाको मृत्यु भएको यसैसंँगै कोरोना शुरु भएबाट हालसम्म मृत्यु हुनेको संख्या चार लाख ९२ हजार ३२७ पुगेको छ  । कोरोना सुरु भएदेखि हालसम्म ७२ करोड ३७ हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ...
अमेरिकाले सन् २०२२ मा अफगानिस्तानका लागि ३०० मिलियन डलरभन्दा बढी सहयोग गर्ने

अमेरिकाले सन् २०२२ मा अफगानिस्तानका लागि ३०० मिलियन डलरभन्दा बढी सहयोग गर्ने

विदेश
वासिङ्टन । संयुक्त राज्य अमेरिकाले मङ्गलबार अफगानिस्तानका लागि यस वर्षको प्रारम्भिक सहायता प्याकेजमा ३० करोड ८० लाख डलरभन्दा बढी सहयोगको प्रतिबद्धता गरेको छ । उक्त रकमले जोखिममा परेका मानिसहरूका लागि खाना, पोषण, स्वास्थ्य सेवा सुविधा, शीतकालीन कार्यक्रम र रसद सहयोग उपलब्ध गराउने, अन्तरराष्ट्रिय विकासका लागि संयुक्त राज्य अमेरिकाको नियोग (युएसएआईडी) ले विज्ञप्ति मार्फत् जनाएको छ । -एएफपी ...
म्यानमारकी नेतृ सुकीलाई जेल सजाय

म्यानमारकी नेतृ सुकीलाई जेल सजाय

विदेश, समाचार
म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ्साङ् सुकीलाई म्यानमारको सैनिक सरकारले चार वर्ष जेल सजाय गराइने भएको छ । सैनिक सरकारको आदेश अवज्ञा गरेको, आन्दोलन र हिंसा भड्काउन मुख्य भूमिका खेलेको र कोरोनाभाइरस विरुद्धको नियमहरु उलंघन गरेको आरोपमा उहाँलाई चार वर्षे जेल सजाय गर्न लागिएको हो । नोबेल पुरस्कार विजेता ७६ बर्षिय नेतृ सुकीलाई म्यानमारको सैनिकले सत्ता कब्जा गरेसँगै आफ्नै निवासमा नजरबन्दमा राखेको छ । म्यानमारकी पूर्व नेतृ आङ साङ सुकीलाई चार वर्षको जेल सजाय सुनाएको भोलिपल्ट विदेशमन्त्री वुन्ना मौङ विन मंगलबार कम्बोडियाको भ्रमणमा रहेका हुन्। विदेशमन्त्री विनले कम्बोडियाका प्रधानमन्त्री हुन सेनसँग राजधानी फनोम पेनाहस्थित पिस प्यालेसमा भेटवार्ता गरेको अन्तर्राष्ट्रिय मिडियामा खबर छ। दुवै नेताबीच दुई पक्षीय सम्बन्धमा र आसियानको मुद्दाबारे छलफल भएको बताइएको छ। गत महिना आयोजित दक्षि...
युएईमा तीन दिन साप्ताहिक विदा

युएईमा तीन दिन साप्ताहिक विदा

विदेश, समाचार
युनाइटेड अरब इमिरेट्स युएईले साप्ताहिक विदा परिमार्जन गरेको छ। शुक्रबारदेखि आइतबारसम्म लागू हुनेगरी सरकारले साप्ताहिक विदा परिमार्जन गरेको हो। त्यहाँको संघीय सरकारले देशभर लागू हुनेगरी साप्ताहिक विदा परिमार्जन गर्ने निर्णय गरेको हो। परिमार्जित नियम सन् २०२२ जनवरी १ देखि लागू हुने अरब न्युजमा खबर छ। परिमार्जित नियमअनुसार शुक्रबार आधा दिन अर्थात् बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म कार्यालय सञ्चालन हुनेछन् भने शनिबार र आइतबार पूर्ण विदा मिल्नेछ। युएईमा हालसम्म शुक्रबार (आधा दिन) र शनिबार (पूर्ण) साप्ताहिक विदा हुँदै आएको छ। परिमार्जित नियमअनुसार सप्ताहबाहेक सोमबार बिहान ७:३० देखि ३:३० बजेसम्म कार्यालयहरु खुल्ने बताइएको छ। ...
न्युयोर्कमा एकैदिन ओमिक्रोनका पाँच संक्रमित भेटिए

न्युयोर्कमा एकैदिन ओमिक्रोनका पाँच संक्रमित भेटिए

विदेश
पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन भाइरसका संक्रमितहरु अमेरिकाको न्युयोर्क सहरमा एकैदिनमा कम्तीमा पनि पाँच जनामा देखा परेको अमेरिकाको न्युयोर्क सहरका गभर्नर क्याथी होचुलले जानकारी दिनुभएको छ। अमेरिकाका स्वास्थ्य अधिकारीहरुले यो नयाँ भेरियन्ट बुधबार अमेरिकाको क्यालिफोर्नियामा पत्ता लागेको पाइएको बताएका थिए ।त्यसको भोलिपल्टै अर्थात् बिहीबार मात्र यो भेरियन्ट न्युयोर्कमा पनि पाइएको समाचार विभिन्न विदेशी सञ्चारमाध्यमहरुले दिएका छन् । यही नोभेम्बर २२ मा दक्षिण अफ्रिकाबाट आएका एक जना व्यक्तिमा सो भेरियन्ट देखिएको जानकारी क्यालिफोर्नियाको स्वास्थ्य विभागका अधिकारीहरुले बुधबार जानकारी दिएका थिए ।उनको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि युनिभर्सीटी अफ क्यालिफोर्नियामा थप परीक्षण गरिएको थियो । त्यसैगरी बुधबार नै अमेरिकाको अर्को शहर मिनेसोटामा पनि ...