प्रहरी महानिरीक्षकद्वारा पदभार ग्रहण : प्रविधिउन्मुख नवीन परम्पराको थापनी गर्ने

नवनियुक्त प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरी सङ्गठनका असल अभ्यासलाई निरन्तरता दिँदै समय अनुकूल पद्धति र प्रविधिउन्मुख नवीन परम्पराको थालनी गरिने बताउनुभएको छ । नैतिक आचरणयुक्त प्रहरी, व्यावसायिकता अभिवृद्धि र अपराध अनुसन्धानमा वैज्ञानिकीकरणका साथै सुशासन प्रवद्र्धन गर्न कार्यविधि तथा मापदण्ड निर्माण, आर्थिक पारदर्शिता कायम र प्रहरी जवाफदेहिता सुनिश्चित गर्न विशेष पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनुभएको छ […]

पुरा पढ्नुहाेस् ...

आचार्य बेलायतको राजदूत नियुक्त

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञानचन्द्र आचार्यलाई संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपतिले आज उहाँलाई नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । मेट्रो न्यूज खबरप्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा […]

पुरा पढ्नुहाेस् ...

अध्यक्ष नेपाललाई कोरोना सङ्क्रमण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । आशङ्का लागेर स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । कोटेश्वरस्थित निवासमा आराम गरिरहनुभएका अध्यक्ष नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यसैगरी एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेल पनि कोरोना […]

पुरा पढ्नुहाेस् ...

राष्ट्रियसभा निर्वाचन : आचार संहिता लागू

काठमाडौँ । राष्ट्रियसभा निर्वाचनका लागि आजदेखि निर्वाचन आचार संहिता लागू भएको छ । माघ १२ गते हुने निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गरेको हो । आयोगले निर्वाचन आचार संहिताको पूर्णरुपमा पालना गर्न गराउन सरोकारवालाहरूलाई निर्देशन समेत दिएको छ । आचार संहिताको पालना गर्नु सम्बन्धित सबैको […]

पुरा पढ्नुहाेस् ...

अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठलाई कोरोना सङ्क्रमण

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्यमा केही असहजता देखिएकाले शुक्रबार बेलुकी पीसीआर परीक्षण गर्दा प्रचण्डलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको उहाँका स्वकीय सचिव गङ्गा दाहालले जानकारी दिनुभयो । “उहाँको स्वास्थ्यमा केही असहजता देखिएकाले हिजो बेलुका पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको […]

पुरा पढ्नुहाेस् ...

राष्ट्रपतिद्वारा भाइ डेगेन्द्रलाई टीका

राष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीकाका अवसरमा आज बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा आफ्ना कान्छो भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो र मखमलीयुक्त माला लगाई कटुस, ओखर र मिठाई खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गर्नुभयो । उहाँले नेपाली ढाकाटोपी लगाएर भाइलाई उपहार प्रदान गर्नुभयो […]

पुरा पढ्नुहाेस् ...