नेपाल सम्बत हाम्रो मौलिक सम्बत हो : ऊर्जा मन्त्री भुसाल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेवा समुदायबाट उत्पन्न भए पनि नेपाल सम्बत सम्पूर्ण नेपालीको मौलिक सम्बत भएको बताउनुभएको छ । शङ्खधर साख्वाले न्याय, समानता र भातृत्वमा आधारित आन्दोलन शुरु गरेको बताउँदै मन्त्री भुसालले गणतन्त्र स्थापन भएपछिको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) नेतृत्वको सरकारले नेपाल सम्बतलाई राष्ट्रिय सम्बतका रुपमा निर्णय गरेको जानकारी […]

पुरा पढ्नुहाेस् ...

अफगानिस्तानबाट ११८ नेपालीको उद्धार

काठमाडौँ, १ भदौ  । अफगानिस्तानलाई तालिबानीले नियन्त्रणमा लिएपछि त्यहाँ रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याउन नेपाल सरकारले सुरुआत गरेको छ ।  अफगानिस्तानको राजधानी काबुलबाट चार्टर्ड उडान गरी आज ११८ नेपालीलाई पहिलो चरणमा स्वदेश ल्याएको परराष्ट्र मन्त्रालयले ट्विटमार्फत जनाएको छ । सरकारले त्यहाँ रहेका नेपाललाई सकुशल उद्धारका लागि  समन्वयात्मक ढङ्गले काम गर्न आफ्ना मातहतका निकायलाई निर्देश गरिसकेको […]

पुरा पढ्नुहाेस् ...

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ, ३२ साउन । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध हितेन्द्रदेव शाक्यले आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ । मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलगायतलाई विपक्षी बनाई शाक्यको वारिसका रुपमा प्रेमकुमार काफ्लेले उक्त रिट निवदन दायर गर्नुभएको हो । रिट निवेदनमा भनिएको छ, “मेरो सहमतिबेगर […]

पुरा पढ्नुहाेस् ...

चुनौती स्वीकार्दै आएको छु, निराश बनाउँदिनः घिसिङ

काठमाडौँ, २७ साउन । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुनौतीलाई स्वीकार गर्दै सरकारले दिएको जिम्मेवारीलाई पूर्ण रुपमा आत्मसाथ गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अघिल्लो कार्यकालमा लोडसेडिङको अन्त्य, घाटाका गएको संस्थालाई नाफामा लगेर नयाँ अध्याय शुरु गरेको तथ्य पेश गर्दै घिसिङले भन्नुभयो, “यस पटक त्यतिबेलाको भन्दा ठूला र विशाल चुनौती छन् […]

पुरा पढ्नुहाेस् ...

कुलमान पुनः विद्युत प्राधिकरणमा, आज पदभार ग्रहण गर्दै

नेपाल बिद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले आज पदभार ग्रहण गर्नु हुने भएको छ ।

पुरा पढ्नुहाेस् ...

प्रधानमन्त्री देउवाको आग्रह : अत्यन्त आवश्यक परेको बेलामा मात्रै बाहिर निस्कनू

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको एक्लो प्रयासले मात्रै कोरोना महामारी नियन्त्रण गर्न सम्भव नभएको बताएका छन्। ‘मास्क अप नेपाल’ शिर्षकमा एक भिडियो सन्देशमार्फत प्रधानमन्त्री देउवाले सबै मिलेर मात्रै यो महामारीलाई पार लगाउन सकिने बताएका छन्।

पुरा पढ्नुहाेस् ...