कामपा वडा २५ को अध्यक्षमा डंगोल निर्वाचित : वडाको दलित महिला सदस्य पद खाली 

काठमाडौँ महानगरको वडा नं. २५ को अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार राजेश डंगोल निर्वाचित हुनुभएको छ । गएको बै्रशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन २०७९ को परिणाम घोषणा गर्दै आज मुख्य निर्वाचन अधिकृतको कार्यालय काठमाडौँले यस सम्बन्धी जानकारी दिएको हो । डंगोलले ९१३ मत प्राप्त गर्नुभउको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका बाबुराजा महर्जनले ८०१ मत प्राप्त गर्नुभएको छ । 

वडाको महिला सदस्यमा १ हजार ११७ मत ल्याएर रुपा प्रजापती, वडा सदस्य पदमा ९३५ मत ल्याएर कृष्ण प्रजापती र ९३२ मत ल्याएर लिनोदवीर सिंह तुलाधर निर्वाचित हुनुभएको छ । उहाँहरु नेपाली कांग्रेसको उम्मेदवारका रुपमा चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । 

वडाको दलित महिला सदस्य पदमा कसैको पनि उम्मेदवारी नपरेकाले पद खाली नै छ । 

वडाध्यक्ष पदका लागि ४ जना स्वतन्त्रसहित ९ जनाको उम्मेदवारी परेको थियो । यसैगरी महिला सदस्य पदमा ५ जना र सदस्य पदका लागि १० जनाको उम्मेदवारी परेको थियो । 

वडामा दलित महिला सदस्य पदमा कसैको पनि उम्मेदवारी नपरेकोले यो पद खाली छ । यसरी दलित महिला सदस्य पदमा उम्मेदवारी नपर्ने २ वटा वडामध्ये अर्को वडा २४ हो । 

  • नेवाः नामका संस्था दर्ता राेक्का बागमति प्रदेशका सांसद शैलेन्द्र वज्राचार्यकाे पहलमा रद्द

    नेवाः नाम भएका संस्था दर्ता गर्न काठमाडाैं जिल्लाका सीडीओ कार्यालय समहत भएकाे छ । काठमाडाैं जिल्लाका सीडीओ घनश्याम उपाध्यायले अब उपरान्त नेवाः शब्द भएकाे संस्था पनि दर्ता हुने बताए । बुधबार बागमति प्रदेशका सांसद शैलेन्द्र वज्राचार्यकाे नेतृत्वमा नेपालभाषा टाइम्सका सम्पादक सुरेश किरण र नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडाैं जिल्लाका काेषाध्यक्ष राजेन्द्र मानन्धर सहितकाे टाेलीले सीडीओ […]


  • माघ २४ देखि क्यान इन्फोटेक प्रदर्शनी हुने

    सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ प्रविधिको प्रदर्शनीको उद्देश्यसहित २८औँ संस्करणको क्यान इन्फोटेक प्रदर्शनी आयोजना हुने भएको छ ।   काठमाडौंको भृकुटीमण्डपमा माघ २४ देखि २९ सम्म कम्प्युटर एशोसिएसन नेपाल महासङ्घको आयोजनामा प्रदर्शनी हुने भएको हो ।  महासङ्घका महासचिव चिरञ्जीवी अधिकारीले छ दिनसम्म सञ्चालन हुने प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । प्रदर्शनीमा यसपटक […]


  • महानगरले तीन महिनामा हटायो नौ हजार होर्डिङ बोर्ड

    महानगरलाई सुन्दर बनाइराख्ने लक्ष्यका साथ काठमाडौं महानगरपालिकाले तीन महिनामा नौ हजार होर्डिङ बोर्ड हटाएको छ । नियम विपरीत राखिएका र समयमै शुल्क नबुझाइएका होर्डिङ बोर्ड हटाइएको हो । महानगरले बोर्ड हटाउन दैनिक नगर प्रहरी सहित चार टोली खटाएको छ ।  विशेषगरी नयाँ बानेश्वर,  कोटेश्वर, पुतलीसडक, बागबजार र महाराजगञ्ज क्षेत्रका अनधिकृत बोर्ड हटाइएको महानगरका राजस्व विभाग […]


Leave a Reply

Your email address will not be published.

%d bloggers like this: