कामपा २४ वडामा काँग्रेस विजयी, अध्यक्षमा राजभण्डारी निर्वाचित

काठमाडौँ महानगरपालिका वडा नं २४ को अध्यक्ष पदमा विनोदकुमार राजभण्डारी निर्वाचित हुनुभएको छ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत गएको बैशाख ३० गते सम्पन्न निर्वाचनमा १ हजार १३२ मत ल्याएर नेपाली कांग्रेसका उम्मेदवार राजभण्डारी निर्वाचित हुनुभएको छ भने उनका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उम्मेदवार सुजन विलास बज्राचार्यले ९२४ मत प्राप्त गरे ।

निर्वाचनबाट महिला सदस्य पदमा नेपाली कांग्रेसकी सुनिता महर्जनले १ हजार १६६ मत ल्याएर विजयी हुनुभयो । यो वडामा दलित महिला सदस्य पदमा कसैको उम्मेदवारी नपरेका कारण यो पद खाली नै छ । वडा सदस्य पदमा नेकपा एमालेका उम्मेदवार रत्नाकर बज्राचार्य र नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान सिंह निर्वाचित हुनुभएको छ । उहाँहरुले क्रमशः १,०१३ र ९७३ मत प्राप्त गर्नुभएको छ ।

  • आम नागरिकको भावनाअनुसार पार्टीका दबाबबाट मुक्त भई  स्वतन्त्र उम्मेदवार भएको छु – राजा शाक्य

    परापुर्वकालमा ठूलो दहका रुपमा अवस्थित यस काठमाडौंको पानी च्वबहाःको गल्छीबाट निकास पाएपछि मात्र यहाँ मानवबस्तीको विकास भएको हो । विभिन्न देशको नामाकरण नै नहुँदा देखि हाम्रो देशका अस्तित्वमा रहेको अझ यहाँका पर्वतश्रृंखला र उपत्यकामा लाखौं वर्ष अघिदेखि नै मानवजातिको अस्तित्व भएको नेपाल विविध धर्म, जाति, भाषा, भौगोलिक र जैविकताले भरिपुर्ण देश हो । हाम्रो नेपाल […]


  • प्रहरी वृत्त अनामनगरसँगैको सार्वजनिक जग्गामा आकर्षक उद्यान बनाइने

    काठमाडौँ महानगरपालिका–२९ स्थित अनामनगर प्रहरी वृत्तसँगै रहेको सार्वजनिक जग्गामा आकर्षक उद्यान निर्माण गरिने भएको छ । उद्यान निर्माणका लागि वाग्मती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयबाट रु ४० लाख बजेट विनियोजन भएको वडाध्यक्ष कुश ढकालले जानकारी दिनुभयो । राजधानीका सार्वजनिक जग्गामा उद्यान निर्माण गरी संरक्षण गर्ने उद्देश्यले बजेट व्यवस्था गरिएको हो । उद्यान निर्माणस्थलको वाग्मती प्रदेशका […]


  • राजनीतिक दल तथा उम्मेदवारहरूलाई आचारसंहिता कार्यान्वयन गर्न सात बुँदे निर्देशन

    निर्वाचन आयोगले सबै राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न सात बुँदे निर्देशन दिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र तथा निष्पक्ष ढंगले सम्पादन गर्न आयोगले यस्तो निर्देशन दिएको हो । लाभको पदमा रहेका कतिपय राजनीतिक व्यक्तित्वबाट सरकारी स्रोतसाधन उपयोग गरी निर्वाचन प्रचारप्रसार गर्ने कार्य भइरहेको भन्ने सूचना विभिन्न माध्यमबाट प्राप्त भएको जानकारी निर्वाचन आयोगले दिएकाे […]


Leave a Reply

Your email address will not be published.

%d bloggers like this: