अन्तरिक्ष उडान टोलीमा सोलुखुम्बुका टासीको सफलता
मेट्राेन्यूज / काठमाडाैं, साउन ११ ।
अमेरिकाको गल्याक्टिक अन्तरिक्ष यात्राको सफल व्यावसायिक उडान भर्ने भर्जिन एयरको समूहमा रहेर सोलुखुम्बुका शेर्पाले यान निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।
सोलुखुम्बुको टाक्सिन्दुका टासी छ्योग्याल शेर्पाले अन्तरिक्षसम्म पुग्ने यान निर्माण समूहमा सहभागी बनेर सफलता हात पार्नुभएको हाे । शेर्पा सहितको समूहले निर्माण गरेको यानले अन्तरिक्षको सफल उडान भरेको हो ।
उक्त एयरका संस्थापक सर रिचर्ड ब्रान्सनको नेतृत्वमा अन्तरिक्ष यात्रा सफल भएपछि नेपाली शेर्पाको सफलताले प्रशंसा पाएका हो । त्यहाँ रहेका नेपालीहरूले सोलुखुम्बु जस्तो विकट ठाउँमा जन्मेर प्रविधिको क्षेत्रमा विश्वमै स्थापित हुने काम गरेको भन्दै टासिछ्योग्यालको प्रशंसा गरेका छन् ।
सोलुदूधकुण्ड–१ टाक्सिन्दुका शेर्पाले विद्यार्थी भिसामा अमेरिका गई विचिता विश्वविद्यालयबाट इन्जिनियरिङ गर्नुभएको हो । सानैदेखि विज्ञान प्रविधिमा उत्सुकता राख्ने शेर्पाले यो कार्यसँगै शेर्पा समुदायलाई नयाँ चिनारी दिनुभएको छ ।
शेर्पाहरूको हिमालसँग मात्रै सम्बन्ध रहेका बेला टासी जस्ता जुझारु शेर्पाहरूको बहु आयामिकताले सिङ्गो समुदायले गर्व गर्ने अवस्था सिर्जना भएको भन्दै टाक्सिन्दुका पर्यटन व्यवसायी कर्मा शेर्पाले खुसी व्यक्त गर्नुभयो ।
प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई metro.newskhabar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।