कलाकार चम्सुरीको दुबै मृगौला फेल, मृगौला डोनरको खोजीमा

काठमाडाैं, ३ साउन २०७८ ।

कलाकार चम्सुरी (पल्पसा डंगोल) काे दुइवटै किड्नी फेल भइ अस्पताल भर्ना भएकी छन् ।

कलाकार, निर्देशक, निर्माता, गायीकासँगै अनेकाैं माध्यमबाट मनाेरंजन दिइरहेकी एवं हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’ की चम्सुरी अर्थात कलाकार पल्पसा डंगोल किड्नीसम्बन्धी समस्या भएपछि अस्पताल भर्ना भएकी छन् ।

पाँचवर्षदेखि किड्नीमा समस्या देखिएता पनि कसैलाइ नभनेकाे अहिले बाँकी एउटा किड्नी पनि फेल भएपछि डंगाेलकाे याे अवस्था भएकाे भनिएकाे छ ।

केही दिनअघि महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना भएकी डंगाेलले किड्नी पाउन साह्रै नै गाह्राे भएकाेले किड्नी एउटा मिलाइ दिन अपिल गरेकी छन् ।

युट्यूब च्यानलमा भएकाे भिडियाेमार्फत उनीलाइ सहयाेग गर्न समेत अपिल गरेकाे छ ।

सहयोगका लागि: 
Everest Benk
name- palpasa dangol
account number- 00100501002977
mobile number- 9803133669 पल्पसा दङ्गोल

विगत १३ वर्षदेखि ‘मेरी बास्सै’ अभिनय गर्दै आएकी पल्पसाले अन्य टेलिफिल्म, फिल्म तथा म्यूजिक भिडियोसमेत अभिनय गरिसकेकी छन् । उनी टेलिफिल्म ‘दृष्टि’की निर्देशकसमेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *