कीर्तिपुर सिङ्गिङ आइडल–११४२ दोश्रो चरणमा, अभ्यास गरिंदै

कीर्तिपुर सिङ्गिङ आइडल–११४२ दोश्रो चरणमा पुगेको छ । दोश्रो चरणमा सहभागी सबैले खाराओके (ट्राय्क)मा गीत गाउनु पर्ने छ । पहिलो चरणमा सहभागी सबैको गीत कीर्तिपुर सिङ्गिङ आइडल–११४२ को युट््यूव च्यानलमा अपलोड गरिसकेको छ भने सबै प्रतियोगीहरूलाई दोश्रो चरणमा प्रवेश गराएको हो ।

दोश्रो चरणमा खाराओकेमा गीत गाउन कसरी प्रस्तुत हुने भनेर गत मंगलबार एक अभ्यास कक्षा भएको थियो । नेपालभाषा एकेदेमि हल, न्यामासिमामा भएको सो अभ्यास कक्षामा सबै प्रतियोगीहरूले आफूले रोजेको ट्राय्कमा गीत प्रस्तुत गर्नु भएको थियो । १९ जना प्रतियोगीहरू सहभागी भए तापनि एकजनाले छोडेकाले अब जम्मा १८ जना प्रतियोगीहरू मात्र रहनु भएको छ ।

नेपाल संवत् ११४२ नयाँ वर्षको उपलक्ष्यमा कीर्तिपुर नगरपालिकाले आयोजना गरेको यस कीर्तिपुर सिङ्गिङ आइडल–११४२ मा सहभागीहरूले पठाएको गीतलाई गत कार्तिक १९ गते न्हूदँ (म्हपुजा)को दिनदेखि नै अडिशन राउण्ड अन्तर्गत यूट््युव च्यानलमा अपलोड गरेको थियो ।

कीर्तिपुर नगरका युवाहरूलाई लक्षित गरी उनीहरूलाई सांगितिक क्षेत्रमा आकर्षित गराउने उद्देश्यले कीर्तिपुर नगरपालिकाले यो प्रतियोगितको आयोजना गरेको हो ।

प्रतियोगिताको दोश्रो चरणकै सिलसिलमा गत शनिबार नेपालभाषा एकेदेमी कै हलमा पुनः अभ्यास गराइएको थियो । आयोजक कमिटीको संयोजक हरिशरण साय्मि र सदस्यहरू ज्ञानेश्वर “निभाः”, सतिश महर्जन, तिर्थमाली, कृष्णहरि महर्जन आदिको प्रत्यक्ष निगरानीमा भएको अभ्यासमा प्रतियोगीहरूलाई आवश्यक सल्लाह सुझाब दिइएको थियो ।

यस अभ्यास पश्चात अब केही दिनमै दोश्रो चरणको प्रतियोगिता खाराओके नेपालभाषा एकेदेमी कै हलमा गर्ने र उक्त प्रतियोगिताबाट उत्कृष्ट १० प्रतियोगी छान्ने आयोजक कमिटीका संयोजक साय्मिले बताउनुभयो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५० हजार, ४० हजार र ३० हजार नगद पुरस्कारका साथै प्रमाण पत्र र ट्रफि हस्तान्तरण गरिने कार्यक्रम रहेको संयोजक साय्मिले बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: