चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पूरा, चीनको राजधानी बेइजिङमा उत्सव

काठमाडाैं, १७ असार २०७८।

चीनको राजधानी बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो स्थापनाको सय वर्ष पूरा गरेको उपलक्ष्य भव्य समारोह आयोजना गरिएको छ  

समारोहमा अनेक परेड, झाँकी तथा प्रदर्शनीहरूका साथै पार्टीले सय वर्षमा हासिल गरेका उपलब्धिहरूको प्रदर्शनी गरिएकाे हाे । पार्टीका ७० हजारभन्दा बढी सदस्य तियामेन चोकमा भेला भएका थिए ।

चीनले समृद्ध समाज निर्माणको चरण पार गरेको छ । समारोहमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले सम्बोधन गर्दै बताए । चीनलाई होच्याउने युगको सधैँका लागि अन्त्य भइसकेको उनले बताए ।

‘चिनियाँहरू पुराना कुराहरूलाई ध्वस्त पार्न मात्र होइन नयाँ संसार बनाउन पनि सिपालु छन् । समाजवादले मात्र चीनलाई जोगाउन सक्छ,’ उनले भने ।

सीले चीन अब समाजवादी आधुनिक शक्तिशाली मुलुकको रूपमा अघि बढिरहेको बताए । ‘चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व चिनियाँ विशेषतायुक्त समाजवादको आवश्यकता हो, चिनियाँ विशेषतायुक्त परिपाटी देशको जग र जीवनरक्त हो,’ उनलेभ ने  

सन् १९२१ जुलाई १ तारिख चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । चिनियाँ कम्युनिष्ट पार्टीमा ९ करोड ५२ लाख पार्टी सदस्य छन् । त्यो भनेको चीनको जनसंख्याको  ६.७ प्रतिशत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *