भरतपुर महानगरपालिकाद्वार ४ अर्ब ८१ करोड १२ लाख रुपैयाँको बजेट सार्वजनिक

चितवन, असार ११ । भरतपुर महानगरपालिकाको आर्थिक बर्ष २०७८/०७९ का लागि ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँको बजेट नगर सभामा प्रस्तुत गरेको छ । 

भरतपुर  महानगरपालिकाको बिहीबार भएकाे नगर सभाको नवौँ अधिवेशनमा उपप्रमुख पार्वती शाह ठकुरीले सो रकमको बजेट प्रस्तुत गरेका थिए  ।

यसका लागि आन्तरिक आय रु १ अर्ब २० करोड (घरजग्गा रजिष्ट्रेशन एवं खानी तथा खनिज जन्य पदार्थको बाँडफाँडबाट प्राप्त आय समेत), अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट रु १ अर्ब ७७ करोड २९ लाख ८३ हजार, केन्द्र तथा प्रदेश सरकारको राजश्व बाँडफाँडबाट प्राप्त रु ४४ करोड ८२ लाख ८२ हजार, जनसहभागिताबाट रु ३० करोड, बैङ्क मौज्दात रु १ अर्ब,मर्मत सम्भार कोष बाट रु ३ करोड, सडक बोर्ड नेपालबाट रु ३ करोड र जिल्ला समन्वय समिति चितवन बाट रु ३ करोड रुपैयाँ प्रक्षेपण गरिएको छ ।

साथै अन्तर सरकारी अख्तियारीबाट अनुमानित रु १ अर्ब २० करोड मूल सञ्चित कोषमा प्राप्त नहुने भएकोले अन्तर सरकारी अख्तियारी शीर्षकबाट नै खर्च तथा लेखांकनको व्यवस्था गरिने प्रस्तुत बजेटमा उपप्रमुख शाहले जानकारी दिए  । 

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: