साउन ३ देखि सबै निर्वाचन कार्यालयहरूबाट मतदाता नामावली सङ्कलन कार्य सुचारु गर्ने
काठमाडाैं, १ साउन २०७८ ।
निर्वाचन आयोगले आइतबारबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने भएको छ ।
आयोगको आज बसेको बैठकले साउन ३ गते आइतबारदेखि सबै निर्वाचन कार्यालयहरूबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक सुचारु गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
गत जेठ ८ गते प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति घोषणा भएका कारण बन्द रहेको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य बन्द रहेकोमा गत असार २८ गतेको सर्वोच्च अदालतको आदेश बमोजिम प्रतिनिधि सभा पुनर्स्थापना भएकाले आइतबारदेखि मतादाता नामावली सङ्कलन तथा अद्यावधिक सुचारु गरिएको आयोगले जनाएको छ ।
प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई metro.newskhabar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।