मेट्राे एफ.एम.काे वार्षिकाेत्सवमा ६ जना सञ्चारकर्मी सम्मानित

काठमाडाैं, १ असाेज । समय परिस्थितीअनुरुप मेट्राे एफ.एम. सूचनामुलक, जानकारीमुलक र समाचारमुलक कार्यक्रम प्रस्तुत गरिरहेकाे छ । काेविडकाे महामारीकाे बेलामा रेडियाेमार्फत विद्यार्थीहरूलाइ शिक्षा प्रदान गरेकाेमा प्रशंसा गर्दै मेट्राे एफ.एम.काे २२ औं वार्षिकाेत्सव मनाउँने क्रममा काठमाडाैं महानगर प्रमुख विद्यासुन्दर शाक्यले यस्ताे भन्नुभएकाे हाे ।

‘अत्याधुनिक प्रविधिको प्रयोग गरेर महानगरले गरेको कामलाई स्रोतामा पुर्‍याउने दायित्वलाई सञ्चारले पूरा गर्नुपर्छ । यो संवेदनशील क्षेत्र हो । कहिलेकाहीँका सानातिना असावधानीले स्रोताहरुमा भ्रम सिर्जना हुन सक्छ ।’, प्रमुख शाक्यले भन्नुभयाे, ‘त्यसैले सञ्चारमा आवद्ध जनशक्तिले सदैव चनाखो भएर काम गर्नुपर्छ।’

काेराेनाकाे कारण सीमित सहभागिकाबीच काठमाडाैं महानगरपालिकाले सञ्चालन गरेकाे उक्त एफ.एम.काे वार्षिकाेत्सव शुक्रबार सभागृह हलमा मनाएकाे हाे ।

यस बर्षको वार्षिकोत्सवमा ६ जना सञ्चारकर्मीलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको छ । सम्मानित हुनुहुनेमा स्टेशन म्यानेजर, केशवप्रसाद नेपाल ‘केशु’, टेलिभिजन कार्यक्रम निर्माता बैकुण्ठ भण्डारी, नेपाल भाषाका कार्यक्रम सञ्चालक तथा संवाददाताहरु श्रीकृष्ण महर्जन, रीता महर्जन र उदेन न्हुसायमीलगायत हुनुहुन्छ ।

महानगरले २०५६ साल असोज १ गते एम. एम. रेडियो स्थापना गरेको हो । तत्कालीन प्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराईले शुभारम्भ गर्नुभएको एफएम सेवा प्रारम्भिक समयमा १०६ दशमलव ७ मेगाहर्जमा प्रसारण हुने गर्दथ्यो । सर्कुलर्ली पोलराईज्ड ओम्नी डिरेक्सन एन्टेनाबाट प्रसारण हुने यस एफएमलाई श्रोताको नजिक पु¥याउन मेगाहर्ज परिवर्तन गरेर ९४ विन्दु ६ मेगाहर्ज बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *