महालक्ष्मी बैंक कालिमाटी शाखाद्वारा रक्तदान कार्यक्रम

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लिमिटेडको कालिमाटी शाखाले शुक्रबारकाे दिन रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ ।
बैंकको २८ औं वार्षिक उत्सवको उपलक्ष्यमा कामपा १३ वडास्थित कालिमाटी शाखाको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएकाे हाे । शाखाको कार्यालय रहेकै चण्डी कम्प्लेक्समा उक्त रक्तदान गरिएको थियो । कार्यक्रमा २६ जनाले रक्तदान गर्नुभएको बैंकका शाखा प्रमुख उत्सव माकजुले बताउनुभयो ।
यस्ता सामाजिक कार्यहरूबाट बैंकका ग्राहकवर्ग लाभान्वित हुने र बैंकबाट प्रवाह भइरहेको डिजिटल पेयमेन्ट सिस्टम लगायतका विभिन्न सेवाबाट आफ्नो व्यवसाय बढाउन सकिने पनि शाखा प्रमुख माकजुले बताउनुभयो । महालक्ष्मी विकास बैंकले हाल देशभरि १०३ वटा शाखाबाट करिब ६ लाख ग्राहकलाई सेवा दिइरहेको छ ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा विभाग प्रमुख डा. मनिता राजकर्णिकार, रेडक्रस गणबहाल उपशाखा सभापति अमृतनारायण मानन्धर, सामाजिक अभियन्ता सुमन साय्मि आदिको पनि उपस्थिति रहेको थियो ।
प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई metro.newskhabar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।