नेकपा एमाले १८ वडा कार्यकर्ता भेला

भेलालाई सम्बाेधन गर्नुहुँदै काठमाडाैं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य ।

काठमाडाैं । नेकपा एमाले १८ वडा कार्यकर्ता भेला सम्पन्न भएकाे छ ।

काठमाडाैं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे उक्त भेलामा काठमाडाैं महानगर समितिका अध्यक्ष निर्मल देउला, जिल्ला कमिटी सदस्य न्हुछेकाजी महर्जन, रचना शर्माकाे उपस्थिति थियाे ।

भब्य र सब्यका साथ सम्पन्न भएकाे वडा भेलामा अतिथिहरूले समसमायिक वियषमा आफ्नाे मन्तव्य प्रस्तुत गर्नुभएकाे थियाे ।

भेलाद्वारा १८ वडा प्रारायु संघ गठन गर्न पुष्पेन शाक्यलाइ निर्देशन दिएकाे छ भने रचना शर्माकाे नेतृत्वमा महिला सिमिति गठन हुने भएकाे छ।

आउँदाे चुनावकाे लागि बुथ प्रतिनीधि पनि चयन भएकाे छ । जसअनुसार भुरुङखेल बुथ कमिटीमा हेमज्याेती शाक्य, नरदेवी बुथ कमिटीमा हेराशाेभा महर्जन, टेंगल बुथ कमिटीमा धनबहादुर महर्जन ‘तिमिला’काे नेतृत्व चयन भएकाे छ।

भेलाद्वारा नेकपा एमाले १८ वडा खेलकूद कमिटी गठन गर्ने पनि निर्णय गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *