नेकपा एमाले काठमाडौं महानगर कमिटीको न्हूदँया भिंतुना कार्यक्रम (फाेटाे फिचर)

नेपाल कम्युनिष्ट पार्टी एमाले काठमाडौँ महानगर कमिटीद्धारा नेपाल सम्वत ११४२ नवबर्ष, तिहार, छठपर्व २०७८ को अवसरमा आयोजित शुभकामना आदानप्रदान, तुच्चा (चियापान) एवम् सांस्कृतिक कार्यक्रममा हजारौँको सहभागीताले बसन्तपुर दरबार क्षेत्र भरिएकाे थियो।

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै निर्वाचनहरुमा एमालेलाई पराजित गर्न ५ दलिय गठबन्दनले मात्र होईन, १० वटै पार्टी आएपनि केहि फरक नपर्ने दाबी गर्नुभएकाे थियाे।

एमाले नेतृत्वको सरकारले मुलुकमा विकासको लहर ल्याएकै कारण सरकारबाट हटाइएको उहाँले बताउनुभयाे। उहाँले अहिले विकासको गति अवरुद्ध भएको भन्नुहुँदै विकास निर्माणको कार्य अगाडि बढाउन एमालेकै नेतृत्वमा सरकार बन्नुपर्ने जिकिर गर्नुभयाे ।

कार्यक्रममा महानगर कमिटीले प्रकाशन गरेको क्यालेण्डर अध्यक्ष केपी ओलीले सार्वजनिक गरेका थिए भने पार्टीका सयौँ कार्यकर्ताहरुले रक्तदान समेत गरेका थिए।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरले देशको शीर उँचो पार्नेगरी काम गरिरहेको बताउनुभयो । जीवित सम्पदाको संरक्षणमा महानगरले ध्यान दिएको चर्चा गर्नुहुँदै उहाँले ज्येष्ठ नागरिक, अपाङ्गता भएकाहरुलाई साझा यातायातमा उपत्यकाभरि निःशुल्क यातायातको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

नेकपा एमाले काठमाडाैं महानगर कमिटीका अध्यक्ष एवं नववर्ष मूल समाराेह समितिका संयाेजक निर्मल देउलाले ‘नेपाल संवत् – राष्ट्रिय संवत्, न्हूदँया भिंतुना’को अभियान आजभन्दा २३ वर्ष पहिला ने.सं. १११९ (२०५५ साल) देखि नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीको नेतृत्वमा २०३५ सालदेखिको नेवाः न्ह्यलुवा पद्मरत्न तुलाधरको भाषिक आन्दोलनलाई साथ समर्थन गरी अधिकार प्राप्तिको आन्दोलनमा सहभागीता जनाउँदै आइरहेकाे बताउनुभयाे। जसको फलस्वरुप नेपाल संवत्‌लाई राष्ट्रिय संवत् र नेपाल संवत्‌का प्रवर्तक शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणाका साथै हुलाक टिकट प्रकाशनसमेत गराइसकेकाे उहाँले बताउनुभयाे ।

नेकपा एमाले काठमाडाैं महानगर कमिटीका उपाध्यक्ष एवं प्रचार तथा प्रकाशन उप-समितिका संयाेजक न्हुछेकाजी महर्जनले नेपाल संवत् ११४२ नयाँ वर्षको उपलक्ष्यमा हुने सबै कार्यक्रमहरु सफल बनाउन महानगर कमिटीका अध्यक्ष क. निर्मल देउलाको नेतृत्वमा मातहतका सवै कमिटीका पदाधिकारी एवं कमिटी सदस्यहरुसमेत संलग्न हुनेगरी ११४२ जनाको न्हूदँ (नववर्ष) समारोह समिति गठन गरिएकाे बताउनुभयाे । कार्यक्रमलाई अझ व्यवस्थित, सभ्य र भव्यरुपमा सम्पन्न गर्नको लागि निम्न कमरेडहरुको नेतृत्वमा विविध उप–समितिहरु गठन गरिएको उहाँले बताउनुभयाे ।

एमाले काठमाडौं महानगर कमिटीका अध्यक्ष निर्मल देउलाको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव ईश्वर पोखरेल, केन्द्रीय सदस्यहरु कृष्णगोपाल श्रेष्ठ, रामेश्वर फुयाल, विना श्रेष्ठ लगायतको सहभागिता थियो ।

कार्यक्रममा महानगर कमिटीले प्रकाशन गरेको क्यालेण्डर अध्यक्ष केपी ओलीले सार्वजनिक गर्नुभएकाे थियाे भने पार्टीका सयौँ कार्यकर्ताहरुले रक्तदान समेत गरेका थिए।

याे पनि : एमाले एक्लैले बहुमत ल्याउन सक्षम छः अध्यक्ष ओली

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: