अमेरिकाले सन् २०२२ मा अफगानिस्तानका लागि ३०० मिलियन डलरभन्दा बढी सहयोग गर्ने

वासिङ्टन । संयुक्त राज्य अमेरिकाले मङ्गलबार अफगानिस्तानका लागि यस वर्षको प्रारम्भिक सहायता प्याकेजमा ३० करोड ८० लाख डलरभन्दा बढी सहयोगको प्रतिबद्धता गरेको छ ।
उक्त रकमले जोखिममा परेका मानिसहरूका लागि खाना, पोषण, स्वास्थ्य सेवा सुविधा, शीतकालीन कार्यक्रम र रसद सहयोग उपलब्ध गराउने, अन्तरराष्ट्रिय विकासका लागि संयुक्त राज्य अमेरिकाको नियोग (युएसएआईडी) ले विज्ञप्ति मार्फत् जनाएको छ । -एएफपी
प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई metro.newskhabar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।