कामपा २४ वडामा काँग्रेस विजयी, अध्यक्षमा राजभण्डारी निर्वाचित

काठमाडौँ महानगरपालिका वडा नं २४ को अध्यक्ष पदमा विनोदकुमार राजभण्डारी निर्वाचित हुनुभएको छ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत गएको बैशाख ३० गते सम्पन्न निर्वाचनमा १ हजार १३२ मत ल्याएर नेपाली कांग्रेसका उम्मेदवार राजभण्डारी निर्वाचित हुनुभएको छ भने उनका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उम्मेदवार सुजन विलास बज्राचार्यले ९२४ मत प्राप्त गरे ।

निर्वाचनबाट महिला सदस्य पदमा नेपाली कांग्रेसकी सुनिता महर्जनले १ हजार १६६ मत ल्याएर विजयी हुनुभयो । यो वडामा दलित महिला सदस्य पदमा कसैको उम्मेदवारी नपरेका कारण यो पद खाली नै छ । वडा सदस्य पदमा नेकपा एमालेका उम्मेदवार रत्नाकर बज्राचार्य र नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान सिंह निर्वाचित हुनुभएको छ । उहाँहरुले क्रमशः १,०१३ र ९७३ मत प्राप्त गर्नुभएको छ ।

  • सिथिनख: (कुमार षष्ठी ) पर्व

    जेष्ठ कृष्णपक्ष चतुर्दशीको दिन कुलदेवताको पीठमा बिशेष शक्ति साधना गरी जेष्ठ शुक्लपक्ष षष्ठीको दिन सिथिनख: पर्व मनाउने गरिन्छ । यो पर्व महादेव र पार्वती पुत्र कुमारको जन्मदिन षष्ठीको दिनमा परेको हुनाले कुमार षष्ठीको रुपमा बिशेष पूजा गरेर, सबै मिलेर भोज खाएर उत्सब मनाउन जात्रा गर्ने चलन हो । संस्कृतिबिद्हरु षष्ठीको अपभ्रंश भएर सिथि भएको भन्दछन् […]


  • २०७९ जेठ अंक

    पत्र पत्रिका प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई metro.newskhabar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


  • कामपा २४ वडामा काँग्रेस विजयी, अध्यक्षमा राजभण्डारी निर्वाचित

    काठमाडौँ महानगरपालिका वडा नं २४ को अध्यक्ष पदमा विनोदकुमार राजभण्डारी निर्वाचित हुनुभएको छ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत गएको बैशाख ३० गते सम्पन्न निर्वाचनमा १ हजार १३२ मत ल्याएर नेपाली कांग्रेसका उम्मेदवार राजभण्डारी निर्वाचित हुनुभएको छ भने उनका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उम्मेदवार सुजन विलास बज्राचार्यले ९२४ मत प्राप्त गरे । निर्वाचनबाट महिला सदस्य […]


Leave a Reply

Your email address will not be published.

%d bloggers like this: