शंखधर पार्कमा स्थानीय विषयका प्रशिक्षण सहायकबाट न्हूदँया भिंतुना आदान प्रदान

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले राजनीतिक, शैक्षिक र प्रशासनिक क्षेत्र तथा स्थानीयबासीबाट प्राप्त सहयोगबाट काठमाडौँ महानगरमा स्थानीय पाठ्यक्रमका रुपमा नेपाल भाषाको पठनपाठन सम्भव भएको बताउनुभएको छ ।

सामुदायिक विद्यालयहरूमा स्थानीय विषय पढाउने प्रशिक्षण सहायकहरूको तर्फबाट नेपाल संवत् ११४२ नयाँ वर्षको अवसरमा शनिबार शंखधर पार्कमा आयोजना गरिएको न्हूदँया भिंतुना कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रमुख शाक्यले उक्त कुरा बताउनुभएको हो ।

महानगरभित्रका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई महानगर बारे यथार्थ जानकारी होस्, नगरप्रति अपनत्व बढोस् भन्ने अभिप्रायले स्थानीय विषय स्थानीय भाषामै पढाउने निर्णय गरेका हौँ । प्रमुख शाक्यले भन्नुभयो, ‘कसैले कुरा बुझ्नु भएको छैन भने बुझाउने दायित्व हाम्रै हो । यो दायित्व स्यनामि (प्रशिक्षण सहायक) हरूमा आएको छ । नेपाल भाषा उच्चारण गर्दा अर्थ नलाग्ने शव्दहरु बोलिन थालेका थिए । अब भाषा अपभ्रंश हुनबाट जोगिन्छ भन्ने मैले विश्वाश लिएको छु ।’

भाषाको अध्ययनले ज्ञानको दायरा फराकिलो बनाउँछ । मौलिक भाषाको ज्ञानले परम्परागत रुपमा विकास हुँदै आएको सामाजिक व्यवस्थापन सम्बन्धी तथ्य थाहा हुन्छ । कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले स्थानीय भाषाको अध्ययनलाई औपचारिक शिक्षामा समावेश गरेपछि सहर र यसको चिनारी सम्बन्धी आधिकारिक सूचना प्रवाह हुने अपेक्षा गर्नुभयो ।

कार्यक्रममा नेपालभाषा स्यनामि सुनिता राजभण्डारी र अगिव बनेपालीले स्थानीय भाषा पढाउँदाको अनुभव सुनाउँदै, विद्यार्थीहरुमा चाख बढ्र्दै गएको बताउनुभयो ।

कार्यक्रममा प्रमुख शाक्य, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, कार्यपालिका सदस्य तथा अधिकारीहरुले शंखधर शाख्वा र नेपाल सम्बतका प्रवर्धक पदमरत्न तुलाधरको शालिकमा माल्यार्पण गर्नुभएको थियो ।

महानगरले सामुदायिक विद्यालय नेपाल भाषा अभ्यापन गराउन १७२ जना सहायक प्रशिक्षक नियुक्ति गरेको छ ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: